images

२०८३ आश्विन १५ गते

images
images
images
  • स्वास्थ्य
  • औषधि व्यवसायलाई मर्यादित र कानुनसम्मत बनाउन...

औषधि व्यवसायलाई मर्यादित र कानुनसम्मत बनाउन आग्रह

औषधि व्यवसायलाई मर्यादित र कानुनसम्मत बनाउन आग्रह

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौँ । नेपाल औषधि व्यवसायी सङ्घ काठमाडौँ शाखाले जिल्ला भित्रका औषधि पसलहरूको वैधानिक सञ्चालन, व्यवसायी तथा फर्मासिस्टहरूको व्यावसायिक जिम्मेवारी र औषधि बिक्री वितरणलाई मर्यादित बनाउन विशेष अपिल गरेको छ ।औषधि व्यवस्था विभागसँगको छलफलपछि सङ्घले एक अत्यन्त जरुरी सूचना जारी गर्दै दर्ताबिना पसल सञ्चालन नगर्न, अनुगमन छल्ने उद्देश्यले बिहान-बेलुका वा सार्वजनिक बिदाका दिन मात्र पसल नखोल्न र आफ्नो नामको लाइसेन्स वा व्यावसायिक प्रमाणपत्र अन्य व्यक्तिलाई भाडामा नदिन कडा निर्देशन दिएको छ।  

    images
    images

    ​सङ्घका अनुसार औषधि व्यवसाय केबल व्यापारिक गतिविधि मात्र नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले सम्पूर्ण व्यवसायीहरूले कानुनी अनुशासन र पेसागत मर्यादाको पालन गर्नुपर्छ।लागुऔषध, एन्टिबायोटिक्स तथा चिकित्सकको पुर्जा प्रेस्क्रिप्सन आवश्यक पर्ने औषधिहरूको अनधिकृत वा बिनापुर्जा बिक्री–वितरण नगर्न सङ्घले सचेत गराएको छ। थोक व्यवसायीहरूलाई समेत दर्ता नभएका वा वैधानिकता पुष्टि हुन नसकेका खुद्रा पसलहरूमा औषधि आपूर्ति नगर्न आग्रह गरिएको छ।  ​यसैगरी, सूचनाको उल्लङ्घन गरी गैरकानुनी वा अनधिकृत कार्य सञ्चालन वा सहयोग गरेको पाइएमा सङ्घले त्यस्ता व्यवसायीको संरक्षण वा पक्षपोषण नगर्ने स्पष्ट पारेको छ। नियामक निकायको अनुगमनका क्रममा कैफियत भेटिएमा प्रचलित ऐन–नियम अनुसार पसल बन्द, सिलबन्दी, औषधि जफत तथा दण्डात्मक कारबाहीको प्रक्रिया अगाडि बढ्ने चेतावनीसमेत दिइएको छ । व्यवसायीहरूलाई आफ्ना व्यावसायिक गतिविधिहरू तत्काल पुनरावलोकन गरी सुधार गर्न सङ्घले जोड दिएको सङ्घका महासचिव शुभमान श्रेष्ठले जानकारी दिए । 

    ​यस्तै, सङ्घले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ संशोधन विधेयकबारे आफ्नो धारणा सार्वजनिक गर्दै स्तनपानको संरक्षणसँगै शिशुको सुरक्षित पोषण अधिकार सुनिश्चित हुनुपर्ने जनाएको छ।आमाको दूधको संरक्षणलाई सर्वोच्च प्राथमिकता दिँदै दूध उपलब्ध हुन नसक्ने विशेष परिस्थितिमा स्वीकृत तथा गुणस्तरीय वैकल्पिक पोषण उपलब्ध गराउने व्यवस्था हुनुपर्ने र योग्य फार्मेसीमार्फत सुरक्षित तथा पारदर्शी बिक्री(वितरणको वातावरण बनाइनुपर्ने सङ्घको माग छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend