images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • ८ वाणिज्य बैंकको लाभांश घोषणा,कुन बैंकले...

८ वाणिज्य बैंकको लाभांश घोषणा,कुन बैंकले कति दिदैँछ लाभांश ?

८ वाणिज्य बैंकको लाभांश घोषणा,कुन बैंकले कति दिदैँछ लाभांश ?

images
images
शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडाैँ ।  आर्थिक वर्ष २०८२/८३ का लागि हालसम्म ८ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरणकाे घोषणा गर्ने बैंकहरुमा एभरेष्ट बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र नबिल बैंक रहेका छन् ।

    images
    images

    कुन बैंकले कति दिदैँछ लाभांश ?

    हालसम्म एभरेष्ट बैंकले कुल १५ प्रतिशत (५ प्रतिशत बोनस र १० प्रतिशत नगद) लाभांश प्रस्ताव गरेको छ भने सानिमा बैंकले साधारण सेयरतर्फ १० प्रतिशत नगद र अग्राधिकार सेयरतर्फ ८.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।त्यस्तै, ग्लोबल आइएमई बैंकले कुल १० प्रतिशत (४ प्रतिशत बोनस र ६ प्रतिशत नगद), माछापुच्छ्रे बैंकले कुल ६ प्रतिशत (३ प्रतिशत बोनस र ३ प्रतिशत नगद) लाभांश घोषणा गरेका छन् । कुमारी बैंकले तीन वर्षको अन्तरालपछि २.१०५३ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव अघि बढाएको छ। यसैगरी, सिटिजन्स बैंकले कुल ४ प्रतिशत (३.८० प्रतिशत बोनस र ०.२० प्रतिशत नगद) लाभांश घोषणा गरेका छन् ।  

    images
    images

    यस्तै, सिद्धार्थ बैंकले साधारण सेयरतर्फ कुल २० प्रतिशत (१० प्रतिशत बोनस र १० प्रतिशत नगद) तथा अग्राधिकार सेयरतर्फ ८.५ प्रतिशत नगद, र नबिल बैंकले आफ्ना सेयरधनीलाई कुल १५.८० प्रतिशत (५ प्रतिशत बोनस र १०.८० प्रतिशत नगद) तथा अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन्।घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि  सेयरधनीहरूलाई वितरण गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend