images

२०८३ आश्विन १५ गते

images
images
images

निफ्राको साधारणसभा असोज २३ गते, ५.२६३२% नगद लाभांश प्रस्ताव

निफ्राको साधारणसभा असोज २३ गते, ५.२६३२% नगद लाभांश प्रस्ताव

images
images
शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले वार्षिक साधारणसभा बोलाएको छ । बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले असोज २३ गतेका लागि साधारणसभा बोलाएको हो ।उक्त सभाले बैंकले प्रस्ताव गरेको लाभांश पारित गर्ने छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुने छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

    images
    images

    सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पुँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्नेछ । कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८३/८४ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, कम्पनी ऐन २०६३ को दफा १११(३) र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ (२) बमोजिम बहालवाला लेखापरीक्षक BRS Neupane & Co., Chartered Accountants ले बैंकको लगातार तीन वर्ष लेखापरीक्षण सम्पन्न गरेको हुँदा पुनः नियुक्त हुन सक्ने बताइएको छ ।

    सभाले आ.व. २०८१/८२ को सातौं वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनी समूहमा प्रतिनिधित्व गर्ने गरी निर्वाचित २ जना सञ्चालकहरुमध्ये सञ्चालक लिमा अधिकारी आचार्यले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत भई सो स्थानमा सञ्चालक समितिको १७८ औं बैठकको निर्णयबाट सोही समूहको प्रतिनिधित्व गर्ने अनिता रायमाझीलाई सञ्चालकको रुपमा नियुक्त गरिएकोमा सो नियुक्ति बाँकी कार्यकालको लागि अनुमोदन गर्ने लगायतका प्रस्ताव पारितगर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend