images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • माथिल्लो अरूणमा लगानी गर्न विश्व बैंकका...

माथिल्लो अरूणमा लगानी गर्न विश्व बैंकका प्रतिनिधिलाई आग्रह

माथिल्लो अरूणमा लगानी गर्न विश्व बैंकका प्रतिनिधिलाई आग्रह

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र विश्व बैंकका प्रतिनिधिबीच भेटवार्ता भएको छ।

    images
    images

    ऊर्जा मन्त्रालयमा आज भएको भेटमा मन्त्री खड्काले माथिल्लो अरूण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैंकका प्रतिनिधिसँग आग्रह गरेका छन्।

    मन्त्री खड्काले अपर अरूण जलविद्युत आयोजनामा विश्व बैंकले यसअघि केही रकम लगानी गरिसकेको भन्दै थप आवश्यक लगानी जुटाई त्यसलाई टुंगोमा पुर्‍याउनुपर्ने बताए।

    images
    images

    माथिल्लो अरूण आयोजनालाई अगाडि बढाउने विषयमा ऊर्जामन्त्री खड्काले गतसाता भारतका विद्युत मन्त्रीसँग समेत छलफल गरेका थिए।

    भेटमा विश्व बैंकका प्रतिनिधिले मााथिल्लो अरूण आयोजनामा आउने समस्यालाई समाधान गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरेका थिए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend