काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाल सुनको मूल्य तोलामा २ हजार ४ सय रूपैयाँले घटेको हो ।
आज सुन तोलाको १ लाख ६२ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा ३० रूपैयाँले घटेर १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




.gif)





