सुर्खेत । प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशले स्थानीय सेवा अन्तर्गत नवौं, आठौं र सातौं तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ बमोजिम खुला, अन्तर तह र आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्ति गर्न आयोगले मंगलबार विज्ञापन प्रकाशित गरेको हो।सूचना अनुसार नवौं तहतर्फ सिनियर डिभिजनल इन्जिनियर र शिक्षा प्रशासनतर्फ उपसचिव पदका लागि आवेदन माग गरिएको छ । यस्तै, आठौं तहमा मेडिकल अधिकृत तथा सातौं तहतर्फ वरिष्ठ लेखा अधिकृत, इन्जिनियर, कृषि विकास अधिकृत, पशु विकास अधिकृत, पशु चिकित्सक, वरिष्ठ शिक्षा अधिकृत र जनस्वास्थ्य अधिकृत पदमा पदपूर्तिको प्रक्रिया अघि बढाइएको छ।
तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत फाराम भर्न सक्ने सूचनामा उल्लेख छ ।





.gif)





