काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका अगुवा एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा तनावको अवस्था सिर्जना भएको छ।
झापाबाट काठमाडौँ आएका प्रसाईंलाई स्वागत गर्न विमानस्थलमा उनका समर्थक तथा युट्युबरहरूको ठूलो भीड जम्मा भएको थियो। विमानस्थल परिसरमै युट्युबरहरूसँग कुराकानी गर्दै भाषण गर्न खोजेपछि प्रहरीले उनलाई रोकेको थियो।
प्रहरीले प्रसाईंलाई रोक्न खोजेपछि उनका समर्थक र सुरक्षाकर्मीबीच केहीबेर तनाव भएको बताइएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको निवासतर्फ लगेको छ।




.gif)





