images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • भोटेकोशी प्रभावित परिवारलाई मासिक १५ हजार...

भोटेकोशी प्रभावित परिवारलाई मासिक १५ हजार आवास भाडा दिने निर्णय

भोटेकोशी प्रभावित परिवारलाई मासिक १५ हजार आवास भाडा दिने निर्णय

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ । भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि सरकारले आवास भाडा तथा खर्च व्यवस्थापन गर्न ४ सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ दिने भएको छ । सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित नागरिकहरूको राहत, पुनर्स्थापना र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको जनाउँदै मन्त्रिपरिषद्ले बैठकले यस्तो निर्णय गरेको जनाएका हुन् । मन्त्री तिमिल्सिनाका अनुसार गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भोटेकोशी बाढी प्रभावित चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्य मासिक थप २ हजार रुपैयाँ अतिरिक्त रकम उपलब्ध गराउने निर्णय भएको हो ।

    images
    images

    ‘गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावित परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापन गर्न ४ सदस्यसम्मको परिवारलाई मासिक रु.१५,००० र थप प्रत्येक सदस्यका लागि रु. २,००० अतिरिक्त उपलब्ध गराउने निर्णय गरेको छ’, मन्त्री तिमिल्सिनाले आइतबार सामाजिक सञ्जालमा लेखेका छन् । कुनै परिवारले मासिक नगद भाडा सुविधा लिन नचाहेको खण्डमा सरकारले नै स्थायी आवास निर्माण नहुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्पसमेत उपलब्ध गराएको मन्त्री तिमिल्सिनाको भनाइ छ । साथै उनले यसका लागि आवश्यक विवरण तथा तथ्याङ्क संकलन गर्न सम्बन्धित सबै स्थानीय तहहरूमा फाराम पठाइसकिएको बताएका छन् ।

    803584384_1708196887405184_594046970911079019_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend