images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • बुटवल अस्पतालले दियो भोटेकोशी बाढी प्रभावितलाई...

बुटवल अस्पतालले दियो भोटेकोशी बाढी प्रभावितलाई ७ लाख

बुटवल अस्पतालले दियो भोटेकोशी बाढी प्रभावितलाई ७ लाख

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • बुटवल । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि बुटवल अस्पतालले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको छ । २५ वर्षदेखि बुटवलमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको सो अस्पतालले  विपद्को समयमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै उक्त सहयोग गरेको हो ।अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

    images
    images

    कार्यक्रममा अस्पतालका सञ्चालक एवं बुटवलका जनप्रतिनिधि नरिश्वर शर्माको पनि उपस्थिति थियो । प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वाससहित उक्त रकम  ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिएको अध्यक्ष पौडेलले बताए।बुटवलको ज्योतिपथमा रहेको सय शय्या क्षमताको हस्पिटलले अनुभवी स्वास्थ्यकर्मी, आधुनिक चिकित्सा प्रविधि तथा पूर्वाधारमार्फत विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ।विपद्को समयमा आवश्यक पर्ने थप स्वास्थ्य सहयोगका लागि समेत अस्पताल तयार रहेको अस्पताल प्रशासनले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend