images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • प्रीति आले र खुमन अधिकारी बने...

प्रीति आले र खुमन अधिकारी बने सर्वोत्कृष्ट तीज गीत गायक–गायिका

प्रीति आले र खुमन अधिकारी बने सर्वोत्कृष्ट तीज गीत गायक–गायिका

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ । गायिका प्रीति आले  र गायक खुमन अधिकारीले सर्वोत्कृष्ट तीज गीत गायक गायिका बनेका छन् । राजधानीमा आयोजित ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को पाँचौँ संस्करणमा सर्वोत्कृष्ट घोषित भएका हुन् । अवार्डमा गायिका आले र गायक अधिकारीले खाडी जानेलाई बोलको गीतबाट अवार्ड हात पारेका हुन् ।२२ विधामा प्रदान गरिएको अवार्डमा गायिका पूजन काफ्ले ‘तीजको लहर आउँदा बरिलै’ गीतबाट उत्कृष्ट मौलिक तीज गीत गायिकाको अवार्ड चुम्न सफल भइन् ।

    images
    images

    अवार्डमा रानीहार गीतबाट किशोर थापाले सर्वोत्कृष्ट मिक्सिङ, शंकर थापा स्माइलले सर्वोत्कृष्ट संगीतकार र संगीता भण्डारीले सर्वोत्कृष्ट तीज गीत गायिका जुरीतर्फको अवार्ड चुम्न सफल भए । त्यस्तै तीन बहिनी गीतबाट सर्वोत्कृष्ट तीज दोहोरी संगीतमा रामकृष्ण बममल्ल, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक विष्णु शर्मा र इन्करेजमेन्ट अवार्डतर्फ आरती परियार, तनुजा शाही, पार्वती आचार्यले चुम्न सफल भए ।आर्टिष्ट अफ नेपालको प्रस्तुति एवं शुभकामना मिडिया सोलुसनको आयोजनामा सम्पन्न सोही समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने सशक्त नारीलाई सम्मान समेत अर्पण गरिएको थियो । वरिष्ठ गायिकाद्वय यशोदा पराजुली र टिका पुनलाई ‘आर्टिस्ट अफ नेपाल नारी रत्न सम्मान’ अर्पण गरिएको थियो भने कमला रिसाललाई ‘आर्टिस्ट अफ नेपाल साहित्य सम्मान’, अभिनेत्री न्यान्सी खड्कालाई ‘आर्टिस्ट अफ नेपाल चलचित्रकर्मी सम्मान’ र सोजना लोहारलाई ‘आर्टिस्ट अफ नेपाल कला पत्रकारिता सम्मान’द्वारा सम्मानित भए । समारोहमा चर्चित फेसन डिजाइनर काजल शर्मा ‘आर्टिस्ट अफ नेपाल फेसन सम्मान’, शीतल शर्मा र अनिता कुँवर ‘आर्टिस्ट अफ नेपाल राष्ट्रिय गायन सम्मान’ बाट सम्मानित भए । सृष्टि घिमिरेलाई ‘आर्टिस्ट अफ नेपाल कोरियोग्राफी सम्मान’, अभिनेत्री तथा पर्वतारोही छिरिङ शेर्पालाई ‘आर्टिस्ट अफ नेपाल कला सम्मान’ जयन्ता अधिकारी र अन्जु परियार ‘आर्टिस्ट अफ नेपाल सामाजिक सेवा सम्मानबाट सम्मानित भए । कानुनविद कमलावली ‘आर्टिस्ट अफ नेपाल राष्ट्रिय सेवा सम्मान’ बाट सम्मानित भइन् ।

    सबैलाई प्रतिष्ठित गायिका मिरा राणा, अवार्डका अध्यक्ष सबिता पोखरेल, साहित्यिक पत्रकार संघ नेपालका अध्यक्ष राधेश्याम लेकालीले सम्मान प्रदान गरे ।कार्यक्रममा कृष्ण केसी, जेरी भण्डारी घोषित, अन्जिता विश्वकर्मा, नारायणी खत्री, भुवन के. पोखरेल, झरना रिसाल, दिप्सा कार्की, पूर्णिमा आचार्य, निशान बानियाँ, देवराज आचार्य, गीता वि.क, रिता बुर्लाकोटी, समिक्षा अधिकारी, कृष्ण लामिछाने, सरिता घिमिरे लगायत थुप्रैले अवार्ड पाए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend