images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • घरजग्गा एक्स्पोमा ७७ लाख ५० हजारमै...

घरजग्गा एक्स्पोमा ७७ लाख ५० हजारमै घरदेखि २५% छुटसम्मका अफर

घरजग्गा एक्स्पोमा ७७ लाख ५० हजारमै घरदेखि २५% छुटसम्मका अफर

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं । आफ्नै घरको सपना देखिरहेका मध्यम वर्गीय उपभोक्ताका लागि काठमाडौंमा हुन लागेको सिजी प्रपर्टी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण एक्स्पोले सुलभ मूल्यदेखि भारी छुटसम्मका विकल्प अघि सारेको छ । एक्स्पोमा ७७ लाख ५० हजार रुपैयाँमै घर, जग्गा खरिदमा २५ प्रतिशतसम्म छुट र ५ हजार १ मै टोकन बैना गर्न सकिने अफर सार्वजनिक गरिएको छ । काठमाडौं नजिकै तीन बेडरुमसहितको दुईतले घर करिब १ करोड ४० लाख रुपैयाँसम्ममा उपलब्ध गराउने अवधारणासमेत एक्स्पोमा प्रस्तुत गरिँदैछ ।असोज १ देखि ४ गतेसम्म भृकुटीमण्डपमा हुने एक्स्पोमा सहभागी डेभलपरहरूले घर तथा जग्गा खरिदलाई सहज बनाउन विभिन्न सुविधा अघि सारेका हुन् । नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनीका संयोजक रोशन भोयद्योका अनुसार ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार छानी–छानी घर तथा जग्गा खरिद गर्न सक्नेछन् । घर निर्माण गर्न चाहनेले निर्माणको जिम्मेवारीसमेत कम्पनीलाई दिन सक्ने व्यवस्था गरिएको छ । यसका अतिरिक्त घरजग्गा क्षेत्रमा साझेदारीमा लगानी गर्ने अवसरसमेत उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

    images
    images

    जग्गा खरिदमा २५ प्रतिशतसम्म छुटसँगै ५ हजार १ रुपैयाँमा टोकन बैना गर्दा पनि जग्गा चित्त नबुझेमा टोकन बैना फिर्ता हुने व्यवस्था पनि गरिएको छ ।घरजग्गा कारोबार सुस्ताइरहेका बेला काठमाडौंमा आयोजना हुन लागेको एक्स्पोमा उपभोक्तालाई लक्षित गर्दै विभिन्न मूल्य र सुविधाका आवास तथा जग्गा खरिदका विकल्प सार्वजनिक गरिएका हुन् ।‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी नेपालमा सुरक्षित, सुव्यवस्थित एवम् वैज्ञानिक बस्ती विकास गरी दिगो शहरीकरणलाई प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ गर्न लागिएको हो ।नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजना एवम् नेपाल चेम्बर अफ कमर्सको ७५ औँ हिरक जयन्तीको ऐतिहासिक अवसरमा चेम्बरसमेतको सहकार्यमा आयोजना हुन लागिरहेको एक्स्पोको व्यवस्थापन ‘सिया इभेन्ट एसोसिएट्स प्रा. लि.’ ले गरिरहेको छ ।

    आयोजकसमेत रहेका नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवरले एक्स्पोका अवसरमा सुलभ मूल्यको आवासीय घर निर्माणको अवधारणा सार्वजनिक गरेका छन् । उनका अनुसार काठमाडौंमा घर बनाउने सपना बोकेका मध्यम तथा श्रमजीवी वर्गलाई लक्षित गर्दै काठमाडौं नजिकका नुवाकोट र रसुवा मोड क्षेत्रमा १ करोड ४० लाख रुपैयाँसम्मको बजेटमा तीन बेडरुमसहितको दुईतले घर उपलब्ध गराउने अवधारणा अघि सारिएको हो ।कुँवरका अनुसार धेरै घर निर्माण गरेर कम नाफामा बिक्री गर्ने अर्थात् ठूलो परिमाणमा उत्पादनमार्फत लागत घटाउने अवधारणामा यस्ता आवासीय घर विकास गर्ने योजना बनाइएको हो । ग्रान्डी डेभलपर्सलगायतका कम्पनीमार्फत यस्ता आवासीय घर एक्स्पोमा प्रस्तुत गरिने जानकारी उनले दिए ।प्रदर्शनीका सल्लाहकारसमेत रहेका वरिष्ठ कानुनी सल्लाहकार गोकुल प्रसाद बुर्लाकोटीका अनुसार अहिले घरजग्गा बजारमा उच्च मूल्यका कारण मध्यम वर्गका उपभोक्ताले आफ्नै घरको सपना पूरा गर्न कठिनाइ भोगिरहेका छन् । त्यसैले ठूलो परिमाणमा घर निर्माण गरी तुलनात्मक रूपमा सुलभ मूल्यमा बिक्री गर्ने अवधारणा अघि सारिएको हो ।

    images
    images

    उनले भने,‘एक्स्पोमा घर तथा जग्गा खरिद गर्न चाहने उपभोक्ताले बिक्रीकर्तासँग प्रत्यक्ष संवाद गरेर परियोजनाको स्थान, मूल्य, निर्माणको अवस्था, भुक्तानी प्रक्रिया र अन्य सर्तबारे जानकारी लिन सक्नेछन् ।’ आयोजकका अनुसार घरजग्गा खरिद–बिक्री र निर्माणसम्बन्धी निःशुल्क परामर्शसमेत उपलब्ध हुनेछ ।बैंक तथा वित्तीय संस्थाहरूको सहभागिताका कारण सम्भावित घर खरिदकर्ताले आवासीय कर्जा, लगानी र वित्तीय व्यवस्थापनसम्बन्धी जानकारीसमेत एउटै स्थानबाट लिन सक्नेछन् । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको र ब्याजदर घट्दो क्रममा रहेको अवस्थामा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढाउने सम्भावनालाई समेत एक्स्पोले जोड दिएको छ ।यसपटकको एक्स्पोमा घर र जग्गासँगै निर्माण सामग्री तथा प्रविधिका उत्पादन पनि प्रदर्शन गरिनेछन् । सिमेन्ट, स्टिल, पेन्ट, काठ, सिसा, सेनिटरी सामग्री, विद्युतीय उपकरण, फर्निचर, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा फोहोर व्यवस्थापन प्रविधिसम्मका सामग्री तथा सेवा प्रदर्शनीमा रहनेछन् ।घर निर्माण गर्नुअघि प्राविधिक पक्ष बुझ्न चाहनेका लागि भूकम्पप्रतिरोधी घर निर्माण र वास्तुशास्त्रसम्बन्धी निःशुल्क परामर्शको व्यवस्था पनि गरिएको छ । यसले घरको डिजाइन, संरचनागत सुरक्षा र निर्माण प्रविधिबारे विज्ञसँग प्रत्यक्ष छलफल गर्ने अवसर दिनेछ ।

    एक्स्पो अवधिमा स्वास्थ्यसम्बन्धी सामाजिक कार्यक्रमसमेत सञ्चालन हुनेछन् । आयोजकका अनुसार ओम अस्पताल र ग्रान्डी इन्टरनेसनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ भने रक्तदान कार्यक्रमसमेत आयोजना गरिनेछ ।यसपटकको प्रदर्शनीलाई प्रविधिमैत्री बनाउने प्रयाससमेत गरिएको छ । डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क, डिजिटल डिस्प्ले र भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरिने आयोजकले जनाएको छ । कागजी सामग्रीको प्रयोग घटाउँदै एक्स्पोलाई ‘पेपरलेस एक्स्पो’ बनाउने लक्ष्यसमेत राखिएको छ ।यसैगरी घर निर्माण गर्न चाहनेका लागि इन्जिनियर, आर्किटेक्ट तथा निर्माण क्षेत्रका विज्ञबाट प्राविधिक परामर्श लिन सकिनेछ । भूकम्पप्रतिरोधी संरचना, घरको डिजाइन, निर्माण सामग्रीको छनोट, लागत व्यवस्थापन तथा सुरक्षित निर्माण प्रविधिबारे जानकारी लिन सकिने आयोजकले जनाएको छ ।एक्स्पोमा हरित तथा वातावरणमैत्री निर्माण प्रविधिलाई समेत प्राथमिकता दिइएको छ । सौर्य ऊर्जा, वर्षाको पानी संकलन, फोहोर व्यवस्थापन तथा ऊर्जा–दक्ष प्रविधिसम्बन्धी सामग्री र समाधानबारे जानकारी लिन सकिनेछ । बढ्दो ऊर्जा लागत र जलवायुजन्य जोखिमका बीच दिगो आवास निर्माणका विकल्पबारे उपभोक्तालाई जानकारी दिने उद्देश्यसमेत आयोजकको छ ।

    नयाँ व्यवसाय सुरू गर्न चाहने युवालाई लक्षित गर्दै तालिम तथा व्यावसायिक परामर्शको सुविधा पनि राखिएको छ । छनोट भएका नयाँ तथा युवा उद्यमीलाई निःशुल्क तालिम र परामर्श उपलब्ध गराउने योजना आयोजकले अघि सारेको छ । यसले निर्माण तथा आवास क्षेत्रमा नयाँ उद्यमशीलता विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजना एवम् नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा आयोजना हुन लागिरहेको मेलाको टाइटल स्पोन्सर ‘सिजी प्रोपर्टिज/सिजी होल्डिंग्स’, पावर्ड बाइ स्पोन्सर ‘एशियन पेन्टस्‌’, इन्स्योरेन्स पार्टनर ‘प्रभु इन्स्योरेन्स’ र सहयोगी निकायहरूमा स्मार्ट पानी, केबी तथा युएचएस होल्डिङ्गस रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend