काठमाडौँ। पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ९.९८ मेगावाट क्षमताको अपर माई जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ।कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई भदौ २६ गते पठाएको पत्रमार्फत अत्यधिक वर्षाका कारण आयोजनाको सुरुङको निकास क्षेत्रका विस्तार जोडहरूबाट अत्यधिक पानी चुहावट भएपछि विद्युत उत्पादन बन्द गरिएको जानकारी दिएको हो।
कम्पनीका अनुसार विस्तार जोडहरूको मर्मतसम्भार गर्न सुरुङ पूर्ण रूपमा खाली गर्नुपर्ने भएकाले २०८३ भदौ २१ गते बेलुकी ६ः१० बजेदेखि आयोजनाको विद्युत उत्पादन बन्द गरिएको हो।कम्पनीले विस्तार जोडहरूको यथाशीघ्र मर्मतसम्भार गरी विद्युत उत्पादन पुनः सञ्चालन गर्ने जनाएको छ।कम्पनीका अपरेसन्स म्यानेजर भोला नाथ उपाध्यायले नेप्सेलाई उक्त जानकारी गराएका हुन्।




.gif)



