images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • झापा जिल्ला प्रशासनमा ‘शून्य बाँकी आवेदन...

झापा जिल्ला प्रशासनमा ‘शून्य बाँकी आवेदन अभियान’

झापा जिल्ला प्रशासनमा ‘शून्य बाँकी आवेदन अभियान’

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • झापा, २८ भदौ । जिल्ला प्रशासन कार्यालय झापाले ‘पालो आवेदन शून्यमा झार्ने’ अभियान अन्तर्गत सार्वजनिक बिदाका दिन समेत राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा प्रदान गर्ने भएको छ ।

    images
    images

    अनलाइन आवेदन फाराम भरेर बायोमेट्रिक र अन्य प्रक्रियाका लागि पालो पर्खिरहेका सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले आगामी असोज १५ गतेसम्म ‘शून्य बाँकी आवेदन अभियान’ सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताएका छन्।

    अभियान अन्तर्गत कार्यालयले दैनिक बिहान ७ः०० साँझ ६ः०० बजेसम्म सेवा प्रदान गर्ने र सार्वजनिक बिदामा समेत सेवा प्रवाह नरोकिने जनाएको छ । हाल कार्यालयमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवा लिने सेवाग्राहीको चाप छ । पालो पर्खिरहेका आवेदक शून्य बनाउने अभियानको लक्ष्य रहेको छ । 

    images
    images

    जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै अनलाइन आवेदन गरी पालो पर्खिरहेका सम्पूर्ण सेवाग्राहीलाई आवश्यक सक्कल कागजात सहित अभियान अवधिमा कार्यालयमा आएर सेवा लिन आग्रह गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend