images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रसुवा बाढीपीडितको राहतका लागि भायानेटले दियो...

रसुवा बाढीपीडितको राहतका लागि भायानेटले दियो २० लाख

रसुवा बाढीपीडितको राहतका लागि भायानेटले दियो २० लाख

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन्स लिमिटेडले रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ ।रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

    images
    images

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध हुने सहयोगले सरकारले सञ्चालन गरिरहेका राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको भायानेटले जनाएको छ ।कम्पनीले बाढीमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, विपद्को समयमा उद्धार, राहत तथा सहयोगमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा विभिन्न संघसंस्थाप्रति आभार व्यक्त गरेको छ ।भायानेटले प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend