काठमाडौँ । चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राती ११ः ५९ सम्मको नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको रिपोर्टमा फिल्म ‘गौँथली’ ले हालसम्म २५ करोड ८६ लाख २८ हजार ६१५ बढीको व्यवसाय गर्न सफल भएको छ ।गत साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र यो अवधिमा ९ लाख ३० हजार ७४४ जना दर्शकले हेरेका छन् । यो चलचित्र नेपाली चलचित्र उद्योगमा हालसम्म सबैभन्दा धेरै कमाउने चलचित्रको सूचीमा दोस्रो स्थानमा आइपुगेको छ । ‘कबड्डी–४’ को नाममा रहेको दोस्रो स्थानको रेकर्ड यो चलचित्रले तोडेको हो । पहिलो स्थानमा ‘पूर्ण बहादुरको सारङ्गी’ छ ।
डा.कपिल रिजालको निर्देशन रहेको ‘गौँथली’ मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना लगायत कलाकारको अभिनय छ ।




.gif)



