images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • गुल्मीमा साताको एक दिन मात्र हवाई...

गुल्मीमा साताको एक दिन मात्र हवाई उडान हुने

गुल्मीमा साताको एक दिन मात्र हवाई उडान हुने

images
images
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • गुल्मी । नेपाल वायुसेवा निगमले गुल्मीमा हवाई उडानको समय तालिका परिवर्तन गरेको छ । यस अघि बुधबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्दै आएकोमा अब देखि बिहीबार मात्र उडान गर्ने भएको हो । 

    images
    images

    नेपाल वायुसेवा निगमको एउटा जहाज ग्राउन्डेड र अर्को अप्रेसनमा रहेका कारण उक्त जहाज नबन्दासम्म निगमले सातामा एक पटक मात्र उडान गर्ने भएको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए । 

    रेसुङ्गा विमानस्थलमा प्रतिकूल मौसमका कारण लामो समय देखि हवाई उडान अवरुद्ध हुँदै आएकोमा गत दुई साता देखि उडान नियमित गरेको थियो । नियमित उडान सुरु गरे लगत्तै पुनः उडान तालिका परिवर्तन गरेको हो । 

    images
    images

    नेपाल वायुसेवा निगमले रेसुङ्गा देखि काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट रेसुङ्गाका लागि रु सात हजार पाँच सय भाडादर कायम गरेकोे छ ।रासस  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend