images

२०८३ आश्विन १६ गते

images
images
images

कर्जा नबढेपछि अल्पकालीन लगानी बढाउँदै बैंकहरु, राष्ट्र बैंकमा एकै दिन बुझाए सवा २ खर्ब

कर्जा नबढेपछि अल्पकालीन लगानी बढाउँदै बैंकहरु, राष्ट्र बैंकमा एकै दिन बुझाए सवा २ खर्ब

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौंः  बाह्य अर्थन्तत्र सुदृढ भए पनि आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग अझै बढ्न सकेको छैन । रेमिटेन्स आप्रवाहमा आएको निरन्तरको सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको छ । निक्षेप बढे बमोजिम कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या छ । कर्जा विस्तार नहुँदा बैंकहरुले तरलता व्यवस्थापनका लागि अल्पकालिन उपकरणहरुमा लगानी गर्दै आएका छन् । 

    images
    images

    बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक २५ गते आइतबार मात्रै नेपाल राष्ट्र बैंकमा झण्डै सवा २ खर्ब रुपैयाँ जम्मा गरेका छन् । कर्जा विस्तार गर्न नसक्दा बैंकहरुले प्रणालीमा भएको अधिक रकम अल्पकालीन उपकरणहरुमा लगानी गरेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आइतबार कुल २ खर्ब २४ अर्ब ३० करोड रुपैयाँ राष्ट्र बैंकमा जम्मा गरेका हुन् । 

    बैंकहरुले आइतबार १ खर्ब ७४ अर्ब ३० करोडको स्थायी निक्षेप सुविधा ९एसडीएफ० उपयोग गरेका छन् । यो रकम २ दिनमा परिपक्क हुनेछ । एसडीएफमा लगानी गर्दा बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाउने गरेका छन् । त्यस्तै, निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब राष्ट्र बैंकमा बुझाएका हुन् । वित्तीय प्रणालीमा पैसा धेरै भएपछि राष्ट्र बैंकले आइतबार निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट खिचेको छ । राष्ट्र बैंकले औसत २.९८ ब्याजदर दिने गरी २१ दिनका लागि सो निक्षेप लिएको हो । जुन आगामी मंसिर १६ गते परिपक्क हुनेछ । 

    images
    images

    यस अघि केन्द्रीय बैंकले गत कात्तिक २१ गते २१ दिनका लागि नै १ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । जसको औसत ब्याजदर २.८६ प्रतिशत कायम भएको थियो ।  जुन आगामी मंसिर १२ गते परिपक्क हुनेछ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत मात्रै १ खर्ब ५० अर्ब तरलता प्रशोचन गरेको छ । आइतबारको १ खर्ब ७४ अर्ब ३० करोड एसडीएफ सहित बैंकहरुको कुल ३ खर्ब २४ अर्ब ३० करोड रुपैयाँ केन्द्रीय बैंकमा जम्मा भएको छ । 

    वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर निकै तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले केही दिनको अन्तरमा बजारबाट पैसा झिक्दै आइरहेको छ । हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेकाले राष्ट्र बैंकले बजारबाट पैसा तानेकोे हो ।

    चालु आर्थिक वर्ष सुरु भए यता कात्तिक २५ गते आइतबार सम्म बैंकहरुले ९६ खर्ब ६२ अर्ब १५ करोडको स्थायी निक्षेप सुविधा (एसडीएफ) उपयोग गरेका छन ।  बैंकहरुले आजको सहित ४५ पटकमा उक्त रकम राष्ट्र बैंकमा राखेका हुन् । यस्तै यस अवधिमा निक्षेप संकलन उपकरण मार्फत २२ पटक गरेर ७ खर्ब ८९ अर्ब २० करोड बुझाएका छन् । अझै पनि वित्तीय क्षेत्रको ३ खर्ब २४ अर्ब ३० करोड रुपैयाँ राष्ट्र बैंकमा रहेको देखिन्छ । 

    राष्ट्र बैंकलाई पनि वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न सकस परेकोे छ । अधिक तरलताको अवस्था झनै बढ्दै गएपछि राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा एसडीएफ तथा निक्षेप संकलन उपकरणको प्रयोगलाई तीब्रता दिन थालेको छ । बैंकहरुले पनि अल्पकालीन उपकरणहरुमा लगानी बढाउँदै लगेका छन्। अधिक तरलताले अन्तर बैंक दर घट्छ । 

    अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल जान नदिने गरी तरलता व्यवस्था गर्ने काम केन्द्रीय बैंकले गर्छ । केन्द्रीय बैंकले तरलता खिच्ने र अन्तर बैंक ब्याजदर घट्न वित्तीय प्रणालीको पैसा खिच्ने गरेको छ । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको खण्डमा ३ प्रतिशत ब्याजदरमा सीधै केन्द्रीय बैंकमा निक्षेप राख्न सक्छन । 

    हाल कर्जाको औसत ब्याजदर साढे ९ प्रतिशतमा झरेको छ । कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका थिए । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको लागत कम भएपछि कर्जाको औसत ब्याजदर एकल अंकमा आएको हो । ब्याजदर एकल अंकमा झरे पनि आर्थिक गतिविधि बढ्न नसक्दा कर्जाको माग भने खासै बढ्न सकेको छैन। यो अवस्था अघिल्लो आर्थिक वर्षको सुरुवात देखि अहिले सम्म चलिरहेको छ । झन् चालु आर्थिक सुरु देखि बैंकमा कर्जाको माग खासै नभएको बैंकरहरुको भनाई छ । 

    आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग अझै बढ्न सकेको छैन । बैंकमा पैसा थुप्रिएपछि बैंकहरूले निक्षेपकर्तालाई दिने ब्याजदर समेत घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको आधारदर समेत घटेको छ । यसले कर्जाको ब्याजदर केही सस्तो भए पनि कर्जा लगानी बढ्न भने सकेको छैन् । बैंकहरुमा पर्याप्त लगानी योग्य रकम भएकाले स्वभाविक रुपमा ब्याजदर घटेको बैंकरहरु बताउँछन्। 

    नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६६ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यस अवधिमा बैंकहरुले ५२ खर्ब ७५ अर्ब कर्जा लगानी गरेका छन। बैंकहरूले निक्षेपको ९० प्रतिशत सम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.१६ प्रतिशत छ। यसलाई हेर्दा बैंकहरु सँग लगभग ७ खर्ब रुपैयाँ लगानी योग्य रकम देखिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend