images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • कृष्णभीरमा सडक भासिएपछि कान्ति लोकपथलाई वैकल्पिक...

कृष्णभीरमा सडक भासिएपछि कान्ति लोकपथलाई वैकल्पिक मार्ग बनाउन तीव्रता

कृष्णभीरमा सडक भासिएपछि कान्ति लोकपथलाई वैकल्पिक मार्ग बनाउन तीव्रता

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । धादिङ जिल्लाको कृष्णभीरमा सडक भासिएर काठमाडौँ जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ। गत भदौ १४ गते पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि उक्त अवस्था सिर्जना भएको हो।सोही क्रममा भदौ १६ गते प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र कान्ति लोकपथ सडक आयोजनाका कर्मचारीहरूले संयुक्त रूपमा स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन्। सवारी आवागमनलाई थप सहज, सुरक्षित तथा व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथ सडक आयोजना, चाकुपाटलाई प्राथमिकताका साथ कार्य गर्न पत्राचार गरेको छ।

    images
    images

    विपद्जन्य समय भएकाले सडकको क्षमता तथा यात्रीहरूको सुरक्षालाई ध्यानमा राखी प्राथमिकताका साथ स्थलगत रूपमा प्राविधिक जनशक्ति र मेसिनरी उपकरण खटाउन निर्देशन दिइएको छ। पहिरो गएमा तत्काल सडक खुलाउने व्यवस्था मिलाउन पनि पत्रमा उल्लेख छ।विशेष गरी पाण्डुरको पहिरो र भैँसेदेखि तीनपाने खण्डमा रहेको बाटोको दुवै तर्फको ढुङ्गा तथा माटो हटाई बाटोलाई चौडा बनाइने भएको छ। उक्त खण्डमा दोहोरो सवारी साधन सञ्चालन हुने गरी यथाशीघ्र सरसफाइ गर्न र गराउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। प्रशासकीय अधिकृत ज्योत्स्ना भट्ट जोशीद्वारा हस्ताक्षरित सो पत्रको बोधार्थ भौतिक पूर्वाधार विकास मन्त्रालय र सडक विभागलाई समेत दिइएको छ।

    WhatsApp Image 2026-09-02 at 09.29.27

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend