images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • र्यापर बादशाहले विवाह गरेको पाँच महिनामै...

र्यापर बादशाहले विवाह गरेको पाँच महिनामै गरे सम्बन्धविच्छेद

र्यापर बादशाहले विवाह गरेको पाँच महिनामै गरे सम्बन्धविच्छेद

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • भारतीय र्यापर बादशाह र पञ्जाबी अभिनेत्री ईशा रिखीले विवाह गरेको पाँच महिनामै सम्बन्धविच्छेद गरेका छन्। दुवैले सोमबार राति आ–आफ्नो इन्स्टाग्राम अकाउन्टबाटमा पोस्ट गर्दै सम्बन्धविच्छेदको पुष्टि गरेका हुन्।बादशाहले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूहरूबीच आपसी सहमतिमा अलग हुने निर्णय भएको बताएका छन्।पछिल्ला केही सातादेखि उनीहरूको सम्बन्धमा खटपट आएको खबर बाहिरिएपछि बादशाहले फ्यान तथा सञ्चारमाध्यमलाई आफ्नो गोपनीयताको सम्मान गर्न आग्रह गरेका छन्। साथै, उनको व्यक्तिगत सम्बन्धलाई लिएर कुनै पनि किसिमका अनुमान वा अफवाह नफैलाउन पनि उनले विशेष अनुरोध गरेका छन्। ईशा रिखी एक चर्चित पञ्जाबी अभिनेत्री तथा मोडल हुन्। उनले सन् २०१३ मा रिलिज भएको पञ्जाबी फिल्म ‘जट्ट बोय पुट्ट जट्टां दी’ बाट आफ्नो अभिनय यात्राको थालनी गरेकी थिइन्। त्यसपश्चात उनले अमरिन्दर गिलसँग ‘ह्याप्पी गो लक्की’ लगायत ‘बडे चंगे ने मेरे यार कमीने’, ‘ह्वाट द जट्ट’ र ‘अरदास’ जस्ता लोकप्रिय फिल्महरूमा आफ्नो अभिनय कला प्रस्तुत गरेकी छिन्।

    images
    images

    यो बादशाहको जीवनको दोस्रो सम्बन्धविच्छेद हो। यसअघि उनले सन् २०१२ मा जैस्मिन मसीहसँग पहिलो विवाह गरेका थिए। उनीहरूको सम्बन्धबाट सन् २०१७ मा छोरी जेसेमी ग्रेस मसीह सिंहको जन्म भएको थियो। आपसमा विभिन्न मतभेद उत्पन्न भएपछि बादशाह र जैस्मिन सन् २०२० मा कानूनी रूपमा अलग भएका थिए। त्यसको केही समयपछि बादशाहको जीवनमा ईशा रिखीको प्रवेश भएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend