images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • फिल्म ‘पार्वती’ काे टिमले बुझायो अर्थमन्त्री...

फिल्म ‘पार्वती’ काे टिमले बुझायो अर्थमन्त्री वाग्लेलाई ११ लाख

फिल्म ‘पार्वती’ काे टिमले बुझायो अर्थमन्त्री वाग्लेलाई ११ लाख

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । फिल्म ‘पार्वती’ को टिमले प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा ११ लाख ३ हजार २७० रुपैयाँ रकम प्रदान गरेको छ । सोमबार अर्थमन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई निर्देशक निता ढुङ्गाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शङ्कर पाण्डे, वितरक करण श्रेष्ठ लगायतले उक्त रकम प्रदान गरेका हुन् ।शुक्रबार देशभरबाट गरेको व्यवसायको रकम सहयोग गर्ने घोषणा अनुसार उक्त रकम प्रदान गरिएको हो । फिल्मकी निर्देशक निता ढुङ्गानाले आफूले यो अकल्पनीय घटनामा परेका पीडितलाई राहत स्वरुप उक्त रकम सरकारी कोषमा जम्मा गरेको बताइन् ।

    images
    images

    उनले यो फिल्म चलुन्जेलको ५% बाढी पीडितलाई दिने निर्णय समेत गरेको जानकारी दिइन् । निर्माता हरिहर अधिकारले फिल्मको पहिलो दिनको कमाइको अलावा छुट्टै पनि सहयोग गरेको बताए । फिल्मका अर्का अभिनेता तथा बालगायक अशोक दर्जीले पनि २५ हजार कोषमा जम्मा गरिदिएका छन् ।यस फिल्मका वितरक करण श्रेष्ठले फिल्मले दोस्रो दिन शनिवार देशव्यापी ४२ लाख रुपैयाँ ग्रस हाराहारीमा कमाएको जानकारी दिएका छन् । निर्देशक निताकै अभिनय निर्देशन रहेको फिल्ममा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राज पङ्गेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्तप्रकाश अधिकारी, राधिका कँडेल लगायतको मुख्य भूमिका छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend