images

२०८३ आश्विन १६ गते

images
images
images

सीआईबीको अनुरोध– बैङ्कको कर्मचारी हुँ भन्दै विवरण माग्ने व्यक्तिबारे सूचना दिनूस्

सीआईबीको अनुरोध– बैङ्कको कर्मचारी हुँ भन्दै विवरण माग्ने व्यक्तिबारे सूचना दिनूस्

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘बैङ्कको कर्मचारी हुँ खाता नवीकरण गर्नुपर्ने छ’ भनी फोन मार्फत विवरण मागेर ठगी गर्ने तथा नक्कली खाता खोलेर आर्थिक अपराधका घटना बढ्न थालेको भन्दै यसतर्फ सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ ।

    images
    images

    सीआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पहिलेपहिले बढ्दो प्रविधिको प्रयोग सँगै सामाजिक सञ्जाल (फेसबूक, इन्स्टाग्राम टिकटक, मेल, वाट्सएप भाइबर, इमेललगायत)को माध्यमबाट चिट्ठा परेको, उपहार आएको, पार्सल आएको जस्ता प्रलोभन देखाएर बैङ्क तथा वित्तीय संस्थाको अनलाइन पेमेन्ट गेटवे मार्फत रकम ठगी गर्ने गरेकामा अहिले भने ह्याकरले बैङ्कका कर्मचारी बनेर ठगीका गतिविधि गर्न थालेको बताए ।

    प्रवक्ता बोगटीले भने, ‘त्यसैले हामीले सार्वजनिक सूचना नै जारी गरेर यस्तो गतिविधि हुने बित्तिकै सिआइबीमा खबर गर्न भनेका छौँ, यसरी फोन गर्ने व्यक्तिबारे समयमै जानकारी आयो भने आर्थिक अपराध रोक्न सकिन्छ ।’

    images
    images

    सीआईबीले विभिन्न बैङ्क तथा वित्तीय संस्थाको कर्मचारी हुँ तपाईंको खाता नवीकरण गर्नुपर्ने छ भनी व्यक्तिगत विवरण जस्तै एकाउन्ट नम्बर, जन्म मिति, ओटिपी कोड, ठेगाना लगायत गोप्य विवरण माग गर्ने र खातावालाले पनि विश्वासमा परी आफ्नो विवरण उपलब्ध गराउँदा ह्याकरहरूले नक्कली नागरिकता वा चोरीको कागजातबाट सीम कार्डहरू लिने तथा बैङ्कमा समेत खाता खोली विभिन्न खातावालाहरूको खाताबाट पैसा ट्रान्सफर गरी विभिन्न माध्यमबाट निकाली अनलाइन ठगी गर्ने गरेको उजुरीहरू पनि केही दिनदेखि प्राप्त भइरहेको जानकारी गराएको छ ।

    सीआईबीले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘यस्ता गतिविधि बढ्न थालेकाले त्यस्ता शङ्कास्पद÷अपरिचित नम्बरबाट फोन आएमा आफ्नो व्यक्तिगत विवरण नदिई सो बैङ्क वा वित्तीय संस्था र नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ । साथै यस्ता अनलाइन ठगी÷बैङ्किङ ठगी कसुरबाट बच्न सर्वसाधारणको जानकारीका लागि सार्वजनिक सूचना जारी गरिएको छ ।’

    यता बैङ्कहले भने कर्मचारीहरूले ग्राहकबाट कहिल्यै पनि व्यक्तिगत विवरण नमागिने स्पष्ट पार्दै आएको छ । प्रविधिको विकास सँगै फरक खालका आर्थिक अपराधका घटना बढ्न थालेको र अन्तरदेशीय आर्थिक अपराधहरू भइरहेकाले चुनौती थपिँदो रहेको नेपाल प्रहरीको निष्कर्ष छ ।

    त्यही कारण नेपाल प्रहरीले आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान ब्यूरो स्थापनाको पहल गरिएको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बताए । प्रहरी प्रधान कार्यालयले उक्त ब्यूरोका लागि अवधारणापत्र तयार पारी गृहमन्त्रालयमा समेत पेस गरिसकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend