images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • भोटेकोशी बाढीले बगाएको बैंकको सेफ फोडेर...

भोटेकोशी बाढीले बगाएको बैंकको सेफ फोडेर रकम लुट्ने २९ जना पक्राउ

भोटेकोशी बाढीले बगाएको बैंकको सेफ फोडेर रकम लुट्ने २९ जना पक्राउ

images
images
शनिवार, भाद्र १३ २०८३
शनिवार, भाद्र १३ २०८३
  • काठमाडौँ, १३ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको बैंकको सेफ (नगद तथा कागजात राख्ने फलामे बाकस) फोडेर रकम लुटपाट गरेको आरोपमा २९ जना पक्राउ परेका छन्।

    images
    images

    त्रिशूली नदी किनारमा फेला परेको उक्त सेफ गैरकानुनी रूपमा फोडिरहेको अवस्थामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ परेकाहरूको साथबाट लुटिएको ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद भएको छ।

    images
    images

    बाढीका कारण रसुवामा रहेका बैंक तथा सरकारी कार्यालयका संरचना बगाएपछि त्यहाँ रहेका सेफ लगायतका महत्वपूर्ण सामग्री नदीको तल्लो तटीय क्षेत्रसम्म पुगेका थिए। सोही क्रममा नदी किनारमा भेटिएको सेफ फोडेर रकम निकालिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

    प्रहरीले बरामद रकमसहित पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    विपद्को समयमा बेवारिसे अवस्थामा भेटिएका सरकारी तथा निजी सम्पत्तिको सुरक्षा गर्नुको सट्टा लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेकामाथि कानुनी कारबाही अघि बढाउने तयारी गरिएको छ।

    बाढी प्रभावित क्षेत्रमा अझै पनि महत्वपूर्ण सामग्री तथा कागजातहरू नदी किनारमा भेटिने क्रम जारी रहेकाले त्यस्ता वस्तु फेला परेमा तत्काल नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend