images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरूपमा क्षतिग्रस्त

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरूपमा क्षतिग्रस्त

images
images
शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौं । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीनवटा शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। बाढीबाट बैंकका शाखा कार्यालयसँगै भौतिक संरचनामा ठूलो क्षति पुगेको बैंकले जनाएको छ।

    images
    images

    बाढीका कारण रसुवाको स्याफ्रुबेंसी शाखा र नुवाकोटको बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले बगाएको छ। त्यस्तै, नुवाकोटकै त्रिशूलीस्थित बैंकको शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भई माटोले पुरिएको बैंकले जनाएको छ।

    तीनवटै शाखा कार्यालयमा ठूलो क्षति भएकाले अर्को व्यवस्था नभएसम्मका लागि ती शाखाबाट प्रदान हुँदै आएका बैंकिङ सेवा बन्द रहने बैंकले जानकारी दिएको छ। ग्राहकलाई वैकल्पिक बैंकिङ सेवा तथा अन्य उपलब्ध शाखा वा डिजिटल माध्यम प्रयोग गर्न बैंकले आग्रह गर्ने तयारी गरेको छ।

    images
    images

    बाढी प्रभावित क्षेत्रमा कार्यरत बैंकका सबै कर्मचारी हाल सुरक्षित स्थानमा रहेको बैंकले जनाएको छ। परिस्थितिअनुसार थप जोखिम उत्पन्न भएमा कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई समेत हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी अवस्थामा बैंक रहेको बताइएको छ।

    अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट लगायतका क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति भएकोप्रति बैंकले दुःख व्यक्त गरेको छ।

    बैंकले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, सम्पर्कविहीन रहेका नागरिकको सकुशल उद्धार तथा घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    बैंकका शाखा कार्यालयहरू क्षतिग्रस्त भएपछि प्रभावित क्षेत्रका ग्राहकलाई बैंकिङ कारोबार सञ्चालनमा समेत असहजता उत्पन्न भएको छ। यस्तो अवस्थामा ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले वैकल्पिक सेवा सञ्चालन तथा शाखा व्यवस्थापनका लागि आवश्यक पहल गर्ने जनाएको छ।

    भोटेकोशी बाढीले बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय, व्यापारिक प्रतिष्ठान, सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ। प्राकृतिक विपद्बाट वित्तीय पूर्वाधारमा परेको क्षतिले प्रभावित क्षेत्रको आर्थिक गतिविधिमा समेत असर पार्ने देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend