images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • भोटेकोसी बाढीले त्रिशूलीको माछा अनुसन्धान केन्द्र...

भोटेकोसी बाढीले त्रिशूलीको माछा अनुसन्धान केन्द्र बगायो, ८ कर्मचारी उद्धारको पर्खाइमा

भोटेकोसी बाढीले त्रिशूलीको माछा अनुसन्धान केन्द्र बगायो, ८ कर्मचारी उद्धारको पर्खाइमा

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको बाढीले त्रिशूलीमा रहेको माछा अनुसन्धान केन्द्र बगाएको छ । त्यहाँ कार्यरत कर्मचारीहरू भागेर जोगिरटार स्कुल परिसरमा बसेका छन् । सम्पर्कमा आएकी केन्द्रका कर्मचारी अनिता गौतमले भनिन्, ‘हामी आठ जना उद्धारको पर्खाइमा छौँ । यहाँ पनि हामी त्रासमा बसेका छाैँ यहाँ पनि के हुन्छ थाह छैन ।’

    images
    images

    केन्द्रका सम्पूर्ण भाग बगाएर लगेको छ, माछा तथा अन्य भौतिक सम्पत्ति गरी कराेडौँको सम्पत्ति बगाएर लगेको त्यहाँबाट एउटा फाइल समेत लिन नसकेको उनले बताइन् । उनले भने– ‘हामी बलबल त्यहाँबाट भाग्न सफल भयौँ अगाडि अगाडि हामी थियौँ । पछि पछि पानीले लखेटिँदै आइरहेको थियो एक छिन लाग्यो कि हामी बाँच्दैनौ बाटो परिवर्तन गरेर भागेपछि बल्ल जोगिएका हौँ ।’यहाँ त्रिशूलीमा कति क्षति भएको छ कसैले अनुमान गर्न सकिँदैन, बाढीको अवस्था हेर्दा त केही बाचेको होला जस्तो नलागेको उनले बताइन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend