images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • भोटेकोशीमा आएको बाढीको कारण हिमपहिरो भएको...

भोटेकोशीमा आएको बाढीको कारण हिमपहिरो भएको प्रारम्भिक निष्कर्ष

भोटेकोशीमा आएको बाढीको कारण हिमपहिरो भएको प्रारम्भिक निष्कर्ष

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् बाढीको मुख्य कारण तिब्बतमा गएको हिमपहिरो रहेको चीनले नेपाललाई जानकारी गराएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चीनतर्फ तिब्बत क्षेत्रमा हिमपहिरो खसेका कारण भोटेकोशीमा भीषण बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको हो।

    images
    images

    प्राधिकरणकी उपसचिव एवं प्रवक्ता शान्ति महतले यो जानकारी चीनबाट अनौपचारिक रूपमा आएको र यसबारे थप बुझ्ने प्रयास भइरहेको बताएकी छन्। उनले त्यो क्षेत्रमा रहेका प्राविधिकहरूको प्रारम्भिक अध्ययनले तिब्बतको हिमपहिरोलाई नै बाढीको मुख्य कारण देखाएको र यसमा थप अनुसन्धान जारी रहेको स्पष्ट पारेकी छन्।जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले पनि प्रारम्भिक अध्ययन अनुसार तिब्बतमा गएको हिमपहिरोकै कारण बाढी आएको देखिएकाले यसको विस्तृत पुष्टि गर्ने काम भइरहेको जानकारी दिएका छन्। चीनमा रहेका विभागका कर्मचारीहरू मार्फत पनि विस्तृत विवरण संकलन भइरहेको उनले बताए। 

    उनले भनेका छन्, ‘हामी केही साथीहरू चीनमा नै हुनुहुन्छ, खासमा भएको के हो त्यो बुझ्ने प्रयास भइरहेको छ।’ कायस्थका अनुसार चीनमा रहेका टोलीसँगै अन्य कूटनीतिक तथा प्राविधिक माध्यमबाट पनि बाढीको वास्तविक कारण पुष्टि गर्ने काम भइरहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend