images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय सभा बैठक एक साताका लागि...

राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित

राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित

images
images
मंगलवार, भाद्र ९ २०८३
मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौँ । राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ । मंगलबार बिहान बसेको बैठकले ‘नेपाल विशेष सेवा ऐन’ सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेसँगै बैठक भदौ १६ गतेसम्मका लागि स्थगित गरिएको हो ।

    images
    images

    बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेपछि अध्यक्ष नारायण दाहालले अर्को बैठक आगामी भदौ १६ गते मङ्गलबार दिउँसो १ बजे बस्ने गरी तय गरेका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend