काठमाडौँ । नेपाली बक्स अफिसमा फिल्म ‘हली’ र ‘कमला मिस’ एकदमै कमजोर साबित भएको छ । २२ साउनबाट एकसाथ प्रदर्शनमा आएका यी दुवै मध्य कुनै पनि फिल्मले बक्स अफिसमा २५ लाखको व्यवसाय गर्न समेत असफल भएको छ ।चलचित्र विकास बोर्डले आइतबार राती दश बजेसम्मको व्यवसायलाई लिएर सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोट अनुसार फिल्म ‘हली’ को २ सातामा २२ लाख ९६ हजार ९ सय २० ग्रस कमाई गर्न सफल भएको छ । यो अवधिमा फिल्मको टिकट ८ हजार ३८५ वटा बिकेको छ ।
छाउपडी प्रथा र हली प्रथाविरुद्ध सशक्त आवाज उठाएको फिल्म ‘हली’ निर्देशक ओम प्रतिकले लेखेका हुन् । ओम प्रतिक, सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायतको अभिनय फिल्ममा छ ।त्यस्तै, ‘कमला मिस’ को ‘हली’ को भन्दा पनि झन् नाजुक रहेको छ । फिल्मले बक्स अफिसमा २ सातामा ८ लाख ६८ हजार ४५० ग्रस कलेक्सन गर्न सफल भएको छ । यो अवधिमा फिल्मलाई २ हजार ६९६ जनाले हेरेको छन् ।साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित भएर निर्माण भएको फिल्म निर शाहले गरेका हुन् ।
फिल्ममा निर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवं सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुङ्गेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय छ ।




.gif)





