images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • मातृभाषा पत्रकारिता संरक्षणका लागि १९ बुँदे...

मातृभाषा पत्रकारिता संरक्षणका लागि १९ बुँदे काठमाडौँ घोषणापत्र जारी

मातृभाषा पत्रकारिता संरक्षणका लागि १९ बुँदे काठमाडौँ घोषणापत्र जारी

images
images
सोमवार, भाद्र ८ २०८३
सोमवार, भाद्र ८ २०८३
  • काठमाडौँ । नेपालमा बोलिने १२४ भाषाको संरक्षण तथा मातृभाषा पत्रकारिताको विकासका लागि तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०८३ ले १९ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ।नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा साउन २४ देखि २७ गतेसम्म काठमाडौँमा सम्पन्न सम्मेलनले मातृभाषा पत्रकारितालाई सामाजिक न्याय, भाषिक संरक्षण र समावेशी लोकतन्त्रको आधारका रूपमा स्थापित गर्नुपर्ने निष्कर्ष निकालेको हो। नेपालसहित भुटान, भारत, पाकिस्तान, श्रीलङ्का, बुर्किना फासो, अमेरिका र स्विडेनका पत्रकार तथा सञ्चार प्रतिनिधिहरूले घोषणापत्रमा हस्ताक्षर गरी यसलाई अनुमोदन गरेका छन्। सम्मेलनले मातृभाषामा सूचना प्राप्त गर्ने अधिकारलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्न विशेष सञ्चार नीति निर्माणको माग गरेको छ। तीनै तहका सरकारले मातृभाषी सञ्चारमाध्यमका लागि समानुपातिक विज्ञापन, अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने घोषणापत्रमा उल्लेख छ। 

    images
    images

    नेपालका प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको योगदानलाई राज्यस्तरबाट औपचारिक मान्यता दिँदै मातृभाषा पत्रकारिता दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आग्रह गरिएको छ। साथै, वि.सं. २००८ मा स्थापित तत्कालीन नेपाल पत्रकार सङ्घका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्षका रूपमा मान्यता दिन पनि माग गरिएको छ।घोषणापत्रले कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल प्रविधिमा सबै भाषाको समान पहुँच सुनिश्चित गर्न विश्व समुदायलाई आह्वान गरेको छ। जलवायु परिवर्तनका नीति तथा प्राकृतिक स्रोत साधनको व्यवस्थापनमा आदिवासी जनजातिको पुर्ख्यौली अधिकार, परम्परागत ज्ञान र प्रत्यक्ष सहभागिता हुनुपर्नेमा जोड दिइएको छ। सम्मेलनले मातृभाषी पत्रकारहरूलाई सङ्गठित गर्दै सीप आदानप्रदान गर्न अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सञ्जाल निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

    Kathmandu Dclearation Nepali & English_page-0001Kathmandu Dclearation Nepali & English_page-0002Kathmandu Dclearation Nepali & English_page-0003

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend