images

२०८३ आश्विन १६ गते

images
images
images
  • बजार
  • ७ लाख क्विन्टल भन्दा ...

७ लाख क्विन्टल भन्दा बढी धान खरिद गर्ने खाद्यको लक्ष्य

७ लाख क्विन्टल भन्दा बढी धान खरिद गर्ने खाद्यको लक्ष्य

images
images
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ७ लाख ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । कम्पनीले गत वर्षको तुलनामा २ लाख ३० हजार क्विन्टल बढी धान खरिद गर्ने लक्ष्य राखेको हो । गत वर्ष ५ लाख क्विन्टल धान खरिद गरेको कम्पनीले यो वर्ष ७ लाख ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको हो ।

    images
    images

    यस आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले मोटा धानको प्रतिक्विन्टल ३ हजार ४ सय १०.५१ रुपैयाँ निर्धारण गरेको छ । यस्तै, मध्यम धानको प्रतिक्विन्टल ३ हजार ५ सय ८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ ।

    खाद्यले गत वर्ष ५ लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो । तर ४६ हजार ६ सय १५ क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो । नेपाल सरकारले निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्य पाएर किसानले सरकारीभन्दा निजी क्षेत्रको धान खरिद गर्नेलाई बेचेकाले लक्ष्य प्राप्ति हुन नसकेको कम्पनीले जनाएको थियो । यो वर्ष पनि खाद्यले सरकारले तोकेको मूल्यमा धान खरिद गरिरहेको छ । तर सरकारले तोकेकोभन्दा बढी मूल्य निजी क्षेत्रले दियो भने स्वाभाविक रूपमा किसानले व्यवसायीलाई धान बेच्छन् ।

    images
    images

    खाद्य कम्पनीका अधिकृत देवेन्द्र राई यो वर्ष खाद्यले लक्ष्य लिइएको धान जसरी पनि खरिद गर्ने बताउँछन् । उनी भन्छन्, ‘केही गरी सरकारले तोकेकोभन्दा बढी मूल्यमा निजीले खरिद गरे भने हामी पनि बोर्डको बैठक बसेर नयाँ निर्णय गरेर अगाडि बढ्न सक्छौँ ।’उनले गत वर्ष मंसिर महिनाबाट धान खरिद प्रक्रिया सुरु भएको थियो भने यो कार्तिकबाटै सुरु गरिएको छ । यो ११ जिल्ला २५ स्थानबाट धान खरिद गरिने कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend