काठमाडौँ । सरकारले २७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र सो सरहका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको विभिन्न मन्त्रालय, संवैधानिक आयोग, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय सोमबार सङ्घीय मामिला मन्त्रालयले सार्वजनिक गरेको हो ।यस पटकको सरुवामा विशेष गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न सङ्घीय मन्त्रालयहरू र प्रदेशका मन्त्रालयहरूमा ठुलो फेरबदल गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत वेदप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयमा र रामबहादुर कुरुम्बाङलाई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा पठाइएको छ। यस्तै, स्वास्थ्य मन्त्रालयका गोविन्दप्रसाद अधिकारी, लगानी बोर्डकी सुनिता नेपाल र पूर्वाधार मन्त्रालयका रामहरि पोखरेललाई अख्तियारमा ल्याइएको छ।प्रदेशमा कार्यरत धेरै सचिवहरूलाई सङ्घीय मन्त्रालयमा तानिएको छ भने सङ्घका केही सहसचिवलाई प्रदेशमा खटाइएको छ। गृह मन्त्रालयमा कार्यरत राजन पौडेललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।




.gif)





