images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • ब्रोकरको मार्जिन कारोबारमा आक्रामक विस्तार, ३...

ब्रोकरको मार्जिन कारोबारमा आक्रामक विस्तार, ३ अर्ब कर्जा जुटाउँदै

ब्रोकरको मार्जिन कारोबारमा आक्रामक विस्तार, ३ अर्ब कर्जा जुटाउँदै

images
images
आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • काठमाडौं। मार्जिन कारोबार सेवा विस्तार गर्न नेपालका दुई ठूला धितोपत्र ब्रोकर कम्पनीले बैंकबाट ३ अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अघि बढाएका छन् । दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले २ अर्ब र कलश स्टक मार्केटले १ अर्ब रुपैयाँ अल्पकालीन कर्जाका लागि क्रेडिट रेटिङ गराएसँगै यो बाटो खुलेको हो।

    images
    images

    ब्रोकर कमिसनमा मात्र निर्भर नभई ब्याज आम्दानीमार्फत आयको स्रोत विविधीकरण गर्ने लक्ष्यका साथ यी कम्पनीहरूले मार्जिन कर्जालाई प्राथमिकतामा राखेका हुन् । केयर रेटिङ्स नेपालबाट ‘केयर–एनपी ए३’ रेटिङ पाएको दक्षिणकालीले यो रकम लगानीकर्तालाई मार्जिन ट्रेडिङ सुविधा दिन र कार्यशील पूँजी व्यवस्थापनमा प्रयोग गर्नेछ। छोटो अवधिमै बजार हिस्सा १.१२ प्रतिशत पुर्‍याउन सफल यस कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर–एनपी ए४ प्लस’ रेटिङ दिएको छ । २०२४ देखि व्यावसायिक कारोबार सुरू गरेको कलशले आफ्नो ग्राहक संख्या करिब १७ हजार ३४० पुर्‍याएको छ । कम्पनीले बैंकबाट सस्तो ब्याजदरमा ऋण लिएर आफ्ना ग्राहकलाई प्रिमियम दरमा मार्जिन सुविधा दिने रणनीति अपनाएको छ ।

    स्टक एक्सचेन्जबाट मार्जिन कर्जा प्रवाहको स्वीकृति पाइसकेको यस कम्पनीको आम्दानीमा हाल ब्रोकर कमिसनको हिस्सा ९६ प्रतिशत रहे पनि आगामी दिनमा ब्याज आम्दानीले वित्तीय सन्तुलन मिलाउने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले मार्जिन कर्जामा गरेको नीतिगत लचकता र नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जारी गरेको मार्जिन ट्रेडिङ सुविधा निर्देशिकाका कारण ब्रोकरहरू यो सेवातर्फ आकर्षित भएका हुन् । राष्ट्र बैंकले बैंकहरूको एकल ग्राहक कर्जा सीमा बढाउनुका साथै सेयर कर्जाको जोखिमभार १०० प्रतिशतमा झारेपछि बैंकहरूलाई पनि ब्रोकरमार्फत कर्जा प्रवाह गर्न सहज भएको छ ।

    images
    images

    यसका साथै सरकारले आगामी दिनमा सेयर बजारमा सर्ट सेलिङ र इन्ट्राडे कारोबार सुरु गर्ने तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश दिने नीति लिएकाले पनि बजारमा तरलता र कारोबार बढ्ने र मार्जिन कर्जाको माग उच्च हुने आँकलन गरिएको छ । तर, मार्जिन कारोबारको विस्तारसँगै ब्रोकर कम्पनीहरूको जोखिम पनि बढ्ने देखिएको छ । बजारमा हुने तीव्र उतारचढावले कमिसन र ब्याज आम्दानी दुवैलाई प्रभावित पार्न सक्ने भएकाले कर्जा जोखिम र तरलता व्यवस्थापनमा ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ । ब्रोकरमार्फत प्रवाह हुने यो थप ३ अर्ब रुपैयाँको कर्जाले दोस्रो बजारमा पुँजीको उपलब्धता बढाउनुका साथै समग्र बजारको मनोबल उच्च राख्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend