images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • स्वास्थ्य बिमाको बजेट घटेको छैन, ५...

स्वास्थ्य बिमाको बजेट घटेको छैन, ५ अर्ब बढाएर १५ अर्ब पुर्‍याएका छौँ : अर्थमन्त्री वाग्ले

स्वास्थ्य बिमाको बजेट घटेको छैन, ५ अर्ब बढाएर १५ अर्ब पुर्‍याएका छौँ : अर्थमन्त्री वाग्ले

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको बजेट नघटाएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' नामक संवाद कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।छलफलमा सहभागी नागरिकहरूले स्वास्थ्य बिमाप्रतिको सरकारी धारणाबारे राखेका जिज्ञासाको उत्तर दिँदै उनले उक्त कुरा स्पष्ट पारेका हुन् । गत वर्ष स्वास्थ्य बिमाका लागि अघिल्लो सरकारले १० अर्ब रूपैयाँ बजेट छुट्याएको तर नपुगेपछि ११ अर्ब थप गरिएको उनले जानकारी दिए । यस्तै, यस वर्षको बजेटमा स्वास्थ्य बिमाको बजेट ५ अर्बले बढाएर १५ अर्ब छुट्याइएको पनि उनले स्पष्ट पारे ।

    images
    images

    उनले भने,'गत वर्ष स्वास्थ्य बिमामा अघिल्लो सरकारले १० अर्ब बजेट छुट्याएको थियो । तर, त्यसले नपुगेर म मन्त्री भएर आएपछि ११ अर्ब थप गरेको हुँ । यस वर्षको बजेटमा स्वास्थ्य बिमाका लागि ५ अर्ब थपेर १५ अर्ब छुट्याएको छु ।'उनले स्वास्थ्य बिमामा सरकारको दायित्व अझै बढिरहेको तर लगानी अनुसार नागरिकले सेवा पाएका छन् या छैनन् भन्नेमा शंका रहेको बताए । स्वास्थ्य बिमा कार्यक्रम सरकारी अस्पतालहरूमा निरन्तर जारी रहेको उल्लेख गर्दै उनले यसलाई थप प्रभावकारी बनाउन अध्ययन भइरहेकोसमेत स्पष्ट पारे ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend