images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • बेनी सेक्युरिटिजको कारोबार तीन दिन रोक्का,...

बेनी सेक्युरिटिजको कारोबार तीन दिन रोक्का, राफसाफ नगरेपछि निलम्बन

बेनी सेक्युरिटिजको कारोबार तीन दिन रोक्का, राफसाफ नगरेपछि निलम्बन

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रा. लि. (ब्रोकर नं. ९३) लाई निलम्बन गरेको छ । राफसाफ र फस्र्यौट (क्भततझिभलत) कार्य समयमै नगरेको भन्दै नेप्सेले ब्रोकर कम्पनीलाई निलम्बन गरेको हो । 

    images
    images

    नेप्सेले बुधबार (भदौ ३ गते) देखि लागू हुने गरी कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले बेनी सेक्युरिटिजले तोकिएको समयावधिभित्र राफसाफ र फस्र्यौट कार्य पुरा नगरेको भन्दै निलम्बनका लागि नेप्सेलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा नेप्सेको सुपरीवेक्षण शाखाले बुधबार एक पत्र जारी गर्दै कम्पनीलाई कारबाही गरेको जानकारी दिएको छ ।नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१) (छ) बमोजिम बेनी सेक्युरिटिजलाई आगामी ३ (तीन) कार्य दिनका लागि निलम्बन गरेको हो। यस निलम्बनसँगै अब तीन दिनसम्म सो ब्रोकर कम्पनीमार्फत लगानीकर्ताले सेयर खरिद–बिक्री गर्न पाउने छैनन् ।

    Capture

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend