images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • रुपाकोट रिसोर्ट आईपीओ निष्काशनको तयारीमा, एनआईसी...

रुपाकोट रिसोर्ट आईपीओ निष्काशनको तयारीमा, एनआईसी एशिया क्यापिटलसँग सम्झौता

रुपाकोट रिसोर्ट आईपीओ निष्काशनको तयारीमा, एनआईसी एशिया क्यापिटलसँग सम्झौता

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ । रुपाकोट रिसोर्टले आईपीओ निष्काशनका लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। क्यापिटलले आफ्नो ‘आईडीईए टु आईपीओ’ सेवामार्फत कम्पनी स्थापनादेखि सेयर जारी गर्ने चरणसम्मका सम्पूर्ण परामर्श उपलब्ध गराउँदै आएको छ। मनमोहक हिमाली शृंखला तथा रुपा र बेगनास तालको रमणीय दृश्य अवलोकन गर्न सकिने विशेष भौगोलिक अवस्थित यस रिसोर्टको प्रमुख विशेषताका रूपमा रहेका छन् ।पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रिसोर्टले आफ्‌नो सेवा निरन्तर विस्तार गर्दै आइरहेको छ ।

    images
    images

    पछिल्लो समयमा रुपाकोट रिसोर्टले आधुनिक सुविधा र स्थानीय प्राकृतिक तथा सांस्कृतिक परिवेशबीचको सन्तुलन कायम गर्दै पाहुनालाई आरामदायी तथा अविस्मरणीय आतिथ्य अनुभव प्रदान गर्दौ रिसोर्टमा उपलब्ध आवासीय सुविधा, भोजन तथा पेय पदार्थ सेवा, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधारले यसलाई पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सफल भएको छ ।  

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend