images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • इनभेष्टमेन्ट मेगा बैंकको १ लाख ७४...

इनभेष्टमेन्ट मेगा बैंकको १ लाख ७४ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

इनभेष्टमेन्ट मेगा बैंकको १ लाख ७४ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ। इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले पाँच जना संस्थापकको नाममा रहेको १ लाख ७४ हजार ८८७ कित्ता सेयर बिक्रीमा राखेको हो ।पाँच जना सेयरधनीहरुले पुरै वा आंशिक सेयर बिक्री गर्न आवश्यक स्वीकृति पाउँ भनि निवेदन दिएकाले उक्त सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ । उक्त सेयर हाल कायम बैंककै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको हो । उक्त सेयर किन्न इन्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशीत भएको मितिले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ ।

    images
    images

    सेयर किन्न इन्छुक संस्थापक सेयरधनीले कति रकममा सेयर किन्न चाहेको हो खुलाइ यस बैंकको सेयर रजिष्ट्रारको कार्यालय आईटी प्लाजा कमलादी, काठमाडौंमा निवेदन दिनु पर्नेछ । सो म्याद भित्र विद्यमान संस्थापक सेयरधनीको निवेदन प्राप्त हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त सेयरहरु खरिद बिक्री गर्न आवश्यक कारवाही अघि बढाईने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend