images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेप्से परिसूचकमा २.२५ अंकको गिरावट,...

नेप्से परिसूचकमा २.२५ अंकको गिरावट, साढे ५ अर्ब माथिको कारोबार

नेप्से परिसूचकमा २.२५ अंकको गिरावट, साढे ५ अर्ब माथिको कारोबार

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौँ। साताको सेयर कारोबार हुने पहिलो दिन सेयर बजारमा दुई अंकको गिरावट आएको छ । गत साता ६ अंकले घटेको बजार आज भने २.२५ अंकले घटेको हो । आजको करोबार हुँदा बन्द हुँदा नेप्से परिसूचक २६४१.५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ७२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । आज ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    आज सेन्सेटिभ इन्डेक्स पनि आज १.०८ अंकले घटेर ४६३.६४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । परिसूचक घटेको दिन साढे ५ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३५० कम्पनीका १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर ५६ हजार ८१८ पटक खरिद बिक्री हुँदा ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend