images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने,...

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले कम्पनीको पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यवसायिक अवस्थाको विस्तृत अध्ययन र भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन (IPO) गर्ने तयारीलाई अघि बढाउने उद्देश्यले नेपाल लाइफ क्यापिटल लिमिटेडसँग Corporate Advisory Services सम्बन्धी सम्झौता गरेको छ । कम्पनीले आफ्नो संस्थागत विकास तथा पूँजी बजारमा प्रवेशको तयारीलाई थप व्यवस्थित बनाउँदै आगामी दिनमा सर्वसाधारणलाई समेत कम्पनीको विकास यात्रामा सहभागी गराउने लक्ष्य लिएको छ ।आज श्रावण २९ गते शुक्रवार एग्री केयर नेपालको कार्यालय, भरतपुर–४, चितवनमा सम्पन्न एक कार्यक्रमकाबीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई संस्थागत परामर्शको रुपमा नियुक्त गरेको हो । सम्झौता पत्रमा एग्री केयर नेपाल लिमिटेडका तर्फबाट अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।

    images
    images

    सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले plant nutrition, trace elements तथा गुणस्तरीय कृषि सामग्रीबाट आफ्नो यात्रा सुरु गरेको हो । सन् २००९ मा Bio–Technology Unit सञ्चालनमा ल्याई जैविक विषादी तथा लाभदायी सूक्ष्मजीवमा आधारित उत्पादनतर्फ समेत अघि बढेको कम्पनीले पछिल्ला वर्षहरूमा crop protection, plant nutrition, fertilizers, soil conditioners तथा bio–inputs मार्फत किसानलाई सेवा दिँदै आएको छ ।कम्पनीले विज्ञानमा आधारित कृषि समाधानमार्फत किसानको उत्पादकत्व तथा बालीको गुणस्तर वृद्धि, माटोको दीर्घकालीन स्वास्थ्य र दिगो कृषि अभ्यासलाई प्राथमिकता दिँदै आएको जनाएको छ । किसानलाई आवश्यक जानकारी तथा सहयोग उपलब्ध गराउन विभिन्न प्रशिक्षण तथा Kishan Call Center जस्ता पहलसमेत सञ्चालन गर्दै आएको छ ।

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो । यसै अनुरुप, सम्झौताअनुसार नेपाल लाइफ क्यापिटल लिमिटेडले एग्री केयर नेपाललाई संस्थागत परामर्श सेवा अन्तर्गत कम्पनीलाई public मा जानलाई आवश्यक पर्न सक्ने IPO Consultation तथा Capital Restructuring, कम्पनीको वित्तीय तथा कानूनी अवस्थाको अध्ययन, मूल्यांकन, पूँजी संरचना तथा सम्भावित IPO को आकार निर्धारण, आवश्यक संरचनागत सुधार तथा नियामकीय प्रक्रियामा आवश्यक समन्वयलगायतका सेवा उपलब्ध गराउनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend