images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा ७ अंकको गिरावट, ४...

सेयर बजारमा ७ अंकको गिरावट, ४ अर्ब माथिको कारोबार

सेयर बजारमा ७ अंकको गिरावट, ४ अर्ब माथिको कारोबार

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज भने ७.३७ अंकले घटेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६४३.८३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १६४ कम्पनीको सेयर मूल्य घटेको छ भने १०१ कम्पनीको मात्रै बढेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । शुक्रबार सेन्सेटिभ इन्डेक्स भने ०.१३ अंकले बढेर ४६४.७३ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ वटा उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको बढेको छ । 

    images
    images

    परिसूचक घटेको दिन बजारमा ४ अर्ब माथिको कारोबार भएको छ । आज ३४४ कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर ४३ हजार ६० पटक खरिद बिक्री हुँदा ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ रुपैयाँको कारोबार भएको छ । बजार घटे पनि आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend