images

२०८३ आश्विन २० गते

images
images
images
  • शिक्षा
  • नयाँ युगतर्फ उन्मुख गर्न नेपाल विश्वविद्यालयको...

नयाँ युगतर्फ उन्मुख गर्न नेपाल विश्वविद्यालयको भूमिका महत्वपूर्ण हुनेछः अर्थमन्त्री पौडेल

नयाँ युगतर्फ उन्मुख गर्न नेपाल विश्वविद्यालयको भूमिका महत्वपूर्ण हुनेछः अर्थमन्त्री पौडेल

images
images
बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल विश्वविद्यालयले नेपालको उच्च शिक्षा प्रणालीमा नवप्रवर्तन गर्दै, समृद्धि र विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त  गर्नुभएको छ । नेपाल विश्वविद्यालय उद्घोषण सभा तथा ‘राष्ट्र निर्माणमा विश्वविद्यालयको भूमिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै उनले यस प्रयासले देशलाई नयाँ युगतर्फ उन्मुख गर्ने बताए ।
     
    उपप्रधानमन्त्री पौडेलले विश्वविद्यालयको सफलताका लागि सरकार र राजनीतिक नेतृत्वको समर्थन निरन्तर रहने उल्लेख गरे । उनले विश्वविद्यालय मार्फत  समकालीन विश्वमा उच्च शिक्षा प्रणालीका आधारभूत सिद्धान्त र मान्यतालाई अवलम्बन गर्दै उदाहरणीय बन्न सक्ने धारणा राखे ।

    images
    images

    विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डा अर्जुन कार्कीले अन्तर्राष्ट्रिय सहकार्य मार्फत गुणस्तरीय शिक्षा र अनुसन्धानलाई  प्रोत्साहित गर्दै, यसले वैश्विकस्तरको उत्कृष्टता नेपालमै उपलब्ध गराउने लक्ष्य राखेको उल्लेख गर ।

    नेपाल विश्वविद्यालय ऐन २०८१ गत असोज २३ गते प्रमाणीकरण भई कानुनी रूपमा स्थापित भएको उपलक्ष्यमा आज आयोजित गोष्ठीमा विभिन्न राजनीतिक दलका नेता, सांसद, उच्च सरकारी अधिकारी, स्वदेशी तथा विदेशी प्राज्ञहरूको सहभागिता रहेको थियो भने गोष्ठीमा स्वदेशी तथा विदेशी प्राज्ञ तथा शिक्षाविद्हरूले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालको शैक्षिक र सामाजिक विकासमा विद्यालयहरूको प्रभाव, जिम्मेवारी र सम्भावित योगदान माथि छलफल भएको थियो । कार्यक्रममा उच्च शिक्षामा गुणस्तर सुधार र चुनौतिहरूको पनि चर्चा गरिएको थियो ।

    images
    images

    समकालीन विश्वमा प्रतिस्पर्धी हुँदै विकास, समृद्धि र राष्ट्र निर्माणको अभियानलाई अघि बढाउन आवश्यक पर्ने सीपमूलक, गुणस्तरीय उच्च शिक्षाका लागि सार्थक योगदान पुर्‍याउने लक्ष्य राखी नेपाल विश्वविद्यालयको स्थापना गरिएको जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend