काठमाडौं, साउन २८ गते । बिहीबारको प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन २६४२.४० विन्दुमा बन्द भएको नेप्से आज ०.२४ अंकले बढेर २६४२.६४ विन्दुमा पुगेको हो।
यस अवधिमा सेन्सेटिभ इन्डेक्स १.४८ अंकले वृद्धि भएको छ, जसले बैंक तथा ठूला कम्पनीहरूको प्रदर्शनमा हल्का सुधार देखाएको छ।
प्रि–ओपन सेसनमा ६४ वटा कम्पनीका १ लाख ६ हजार ३६१ कित्ता शेयर किनबेच हुँदा कुल ६ करोड २ लाख ३४ हजार ९०७ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। ११४ पटकको कारोबारमा सहभागी स्टकमध्ये २१ कम्पनीको शेयर मूल्य बढेको, ३१ कम्पनीको घटेको तथा १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रि–ओपन सेसनको कारोबारले बजारमा सामान्य सकारात्मक संकेत देखाए पनि अधिकांश कम्पनीको मूल्य घटेकाले नियमित कारोबारमा लगानीकर्ताको मनोवृत्ति कस्तो रहने भन्नेमा बजारको ध्यान केन्द्रित भएको छ।




.gif)





