images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • स्वावलम्बन लघुवित्तको सेयर बिक्रीमा, मङ्सिर ५...

स्वावलम्बन लघुवित्तको सेयर बिक्रीमा, मङ्सिर ५ गतेसम्म आवेदन दिनुपर्ने

स्वावलम्बन लघुवित्तको सेयर बिक्रीमा, मङ्सिर ५ गतेसम्म आवेदन दिनुपर्ने

images
images
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार १४३ कित्ता संस्थापक समूह तर्फको शेयर बिक्रीमा ल्याएको छ । कात्तिक २१ गतेदेखि सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न पाउने उक्त सेयर  मङ्सिर ५ गतेसम्म आवेदन दिन सक्ने गरी  विक्रीमा ल्याएको हो ।

    images
    images

     प्रतिकित्ता ५६७ रुपैयाँ मूल्य अङ्कित गरिएको यी शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरु सँगै अन्य व्यक्ति तथा संस्थाले समेत आवेदन दिन पाउने व्यवस्था छ । मङ्सिर ५ गते अपराह्न २ बजेभित्र विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौँमा आवेदन पेस गर्नुपर्नेछ । आवेदन पेस गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अङ्कित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्नुपर्ने व्यवस्था छ । 

    तोकिएको अवधिभित्र प्राप्त आवेदन मङ्सिर ६ गते दिउँसो ३ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम समेत तय भैसकेको छ । सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न पाउने यी शेयर संस्थापक समूहमै रहने जानकारी समेत कम्पनीले दिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend