images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • चिनीको मूल्य बढेपछि भारतमा ऊखुबाट इथानोल...

चिनीको मूल्य बढेपछि भारतमा ऊखुबाट इथानोल उत्पादनमा सीमा लगाउने तयारी

चिनीको मूल्य बढेपछि भारतमा ऊखुबाट इथानोल उत्पादनमा सीमा लगाउने तयारी

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • नयाँ दिल्ली । हालैका दिनहरूमा भारतमा चिनीको भाउ निरन्तर बढिरहेको छ । घरेलु बजारमा चिनीको उपलब्धता बढाउन अनि मूल्य नियन्त्रण गर्न केन्द्र सरकारले नयाँ सिजनमा ऊखुबाट इथानोलको उत्पादनमा सीमा तोक्ने वा अस्थायी रोक लगाउनेबारे विचार गरिरहेको समाचारमा उल्लेख छ ।अक्टोबरदेखि शुरु हुने चिनीको नयाँ सिजनका लागि यस्तो कदम चाल्नेबारे सरकारले छलफल गरिरहेको बताइएको छ । सरकारले घरेलु बजारमा चिनीको उपलब्धता बढाउन र मूल्यलाई कीर्तिमानी स्तरमा उक्लिनबाट रोक्न यस्तो गर्ने ठानिएको छ । यसका लागि इथानोलको उत्पादनमा हेरफेरबारे विचार भइरहेको सरकार र उद्योगसँग सम्बद्ध स्रोतले बताएको भन्दै भारतीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।

    images
    images

    भारतमा गएको एक महीनामा चिनीको भाउ १० प्रतिशतसम्म बढिसकेको छ ।  घरेलु बजारमा चिनीको अभाव र चाडपर्वको मौसममा चिनीको बढ्दो माग पनि यसको एउटा कारण मानिएको छ । महाराष्ट्र र कर्नाटक जस्ता प्रमुख चिनी उत्पादक राज्यमा यो वर्ष निकै कम पानी पर्यो । यसले आगामी सिजनमा ऊखु र चिनीको उत्पादन घट्ने आशंका गरिएको छ ।यतिबेला बजारमा चिनीको पर्याप्त उपलब्धता सरकारको सबैभन्दा ठूलो चुनौती बनेको छ । विद्यमान सिजनमा ३० लाख मेट्रिक टन बराबरको चिनी उत्पादन हुन सक्ने ऊखुलाई इथानोल उत्पादन गर्न प्रयोग गरिएको थियो । यो भनेको कूल उत्पादित चिनीको १० प्रतिशत हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend