images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • शिखर पावर डेभलपमेन्टको कम्पनी सचिवमा अन्जु...

शिखर पावर डेभलपमेन्टको कम्पनी सचिवमा अन्जु पौडेल

शिखर पावर डेभलपमेन्टको कम्पनी सचिवमा अन्जु पौडेल

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको कम्पनी सचिवमा अन्जु पौडेल नियुक्त भएकि छन् । कम्पनीको सञ्चालक समितिको साउन २२ गते शुक्रबार बसेको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।कम्पनीको २०८२ मंसिर १६ गते सम्पन्न वार्षिक साधारणसभाको निर्णय  बमोजिम कम्पनी सचिव नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गरिएको थियो । सोही अधिकार प्रयोग गर्दै समितिले पौडेललाई शुक्रबार कै मितिदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको जनाएको छ ।

    images
    images

    पौडेल कैलालीको लम्कीचुहा नगरपालिका–३, चिसापानी स्थायी ठेगाना भई हाल काठमाडौंको टोखा–७ मा बसोबास गर्दै आएकी छन्। उनको सेवा सुविधा तथा पारिश्रमिक सञ्चालक समितिले तोकेबमोजिम हुने निर्णय गरिएको छ ।त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्नुपर्ने भएकाले प्रचलित नियमअनुसार लेखापरीक्षण समिति (अडिट कमिटी) समेत गठन गरेको छ। नवनियुक्त लेखापरीक्षण समितिमा सरोज प्रसाद दाहाल संयोजक, गणेश ओली सदस्य र अमृत आचार्य सदस्य रहेका छन् । सञ्चालक समितिले कम्पनीको लेखापरीक्षण तथा आन्तरिक नियन्त्रणसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन उक्त समिति चयन गरिएको जनाएको छ ।

    Capture

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend