images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • अष्ट्रेलियामा नेपाली स्वाद, संस्कृति र पहिचानको...

अष्ट्रेलियामा नेपाली स्वाद, संस्कृति र पहिचानको प्रवर्द्धनमा KTM Bazaar & Corner Butcher

अष्ट्रेलियामा नेपाली स्वाद, संस्कृति र पहिचानको प्रवर्द्धनमा KTM Bazaar & Corner Butcher

images
images
बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • मेलबर्न।अष्ट्रेलियाको मेलबर्नस्थित क्रेगिबर्नमा चार वर्षअघि स्थापना भएको KTM Bazaar & Corner Butcher आज नेपाली समुदायका लागि केवल किराना तथा ताजा मासु पसलमा सीमित छैन। यसले विदेशमा रहेका नेपालीलाई आफ्नै देशको स्वाद, संस्कृति र परम्परासँग जोड्ने महत्वपूर्ण केन्द्रका रूपमा आफ्नो पहिचान बनाएको छ।

    images
    images
    KTM BAZER.jpg
    undefined

    नेपालबाट टाढा बसोबास गरिरहेका नेपालीलाई गुणस्तरीय नेपाली खाद्य सामग्री, मसला तथा ताजा मासु सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ सुरु भएको यस व्यवसायले ग्राहकको विश्वास र साथसँगै आफ्नो सेवा विस्तार गर्दै हाल वोलर्ट क्षेत्रमा पनि शाखा सञ्चालन गरिरहेको छ। यस विस्तारले त्यहाँ बढ्दो नेपाली समुदायलाई आफ्नै घरनजिक नेपाली खाद्य सामग्री सहज रूपमा उपलब्ध गराएको छ।

    व्यवसायका सञ्चालक सचिन देवकोटाका अनुसार KTM Bazaar & Corner Butcher को यात्रा केवल व्यापारिक सफलताको कथा होइन। उनका लागि व्यवसाय समुदायप्रतिको उत्तरदायित्व, नेपाली संस्कृति र परम्परागत खानपानको संरक्षण तथा नयाँ पुस्तालाई आफ्ना मौलिक स्वादसँग जोड्ने अभियान पनि हो।

    images
    images

    अर्थसमाचारका अष्ट्रेलिया संवाददाता तथा नेपालको विश्वव्यापी परिकारसम्बन्धी पहिलो खाद्य शब्दकोश फलाङ फुड डिक्सनरी का लेखक शिव न्यौपानेसँगको कुराकानीमा देवकोटाले विदेशमा नेपाली व्यवसाय सञ्चालन गर्नुको महत्वबारे आफ्नो धारणा व्यक्त गरेका छन्।

    उनका अनुसार अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्नु व्यक्तिगत सफलता हासिल गर्ने माध्यम मात्र नभई नेपालको मौलिक खाद्य सामग्री, कृषि उत्पादन, मसला, परिकार तथा पाक संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष परिचित गराउने अवसर पनि हो। बहुसांस्कृतिक समाजमा नेपाली स्वाद र उत्पादनलाई प्रवर्द्धन गर्न पाउनु आफ्नो लागि गर्वको विषय भएको उनले बताए।

    देवकोटाले विदेशमा सञ्चालित नेपाली किराना पसल, रेस्टुरेन्ट तथा खाद्य व्यवसायहरूलाई नेपालको पाक सम्पदा र सांस्कृतिक पहिचानका अनौपचारिक दूतको संज्ञा दिए। उनका अनुसार यस्ता व्यवसायले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन मद्दत गर्नुका साथै विदेशमा रहेका नेपालीलाई आफ्नै भाषा, संस्कृति र खानपानसँग जोडिराख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

    आज KTM Bazaar & Corner Butcher नेपाली समुदायका लागि किनमेल गर्ने स्थान मात्र नभई नेपालीपनको अनुभूति दिलाउने साझा थलो बनेको छ। यसले समुदायबीचको सम्बन्धलाई सुदृढ बनाउनुका साथै नेपालको मौलिक स्वाद र खाद्य संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न योगदान पुर्‍याइरहेको छ। साथै अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली खाद्य संस्कृति र परम्परागत स्वादलाई सम्मानपूर्वक स्थापित गर्न पनि उल्लेखनीय भूमिका खेलिरहेको छ।

    क्रेगिबर्नदेखि वोलर्टसम्मको KTM Bazaar & Corner Butcher को यात्रा गुणस्तरीय सेवा, इमानदारी, समुदायको विश्वास र संस्कृतिप्रतिको सम्मानको सफल उदाहरण बनेको छ। यसले विदेशमा रहेका नेपाली उद्यमीहरूले व्यवसायमार्फत आर्थिक समृद्धिसँगै नेपालको खाद्य सम्पदा, स्थानीय उत्पादन, पाककला र सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा प्रवर्द्धन गर्न सक्ने सन्देश दिएको छ। नेपाली उद्यमशीलताको यही प्रयासले नेपाललाई स्वाद, संस्कृति र आतिथ्यको माध्यमबाट विश्वसँग जोड्ने महत्वपूर्ण सेतुका रूपमा स्थापित गरिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend