images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • फुकेट–दिल्ली एयर इन्डिया उडानमा टर्बुलेन्स, केही...

फुकेट–दिल्ली एयर इन्डिया उडानमा टर्बुलेन्स, केही यात्रु र चालक दलका सदस्य सामान्य घाइते

फुकेट–दिल्ली एयर इन्डिया उडानमा टर्बुलेन्स, केही यात्रु र चालक दलका सदस्य सामान्य घाइते

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • नयाँ दिल्ली । एयर इन्डियाको एउटा फ्लाइटमा अचानक टर्बुलेन्स भएको खबर आएको छ ।यस घटनामा विमानका केही यात्रु र चालक दलका सदस्यहरूलाई सामान्य चोटपटक लागेको छ ।फुकेटबाट दिल्ली आउँदै गरेको उडान एआई–२३७९ मा यो घटना भएको हो । पाइलटहरूले एटीसीको सहयोगमा स्थिति नियन्त्रणमा लिए र विमान अवतरण गरेका थिए । उडान दिल्ली विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरिएको र सबै यात्रु र चालक दलका सदस्यहरूलाई उद्धार गरिएको छ ।

    images
    images

    कुनै पनि यात्रु वा चालक दलका सदस्यलाई गम्भीर चोटपटक नलागेको बताइएको छ । कम्पनीका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै यात्रु र चालक दलको सुरक्षा कम्पनीको सर्वोच्च प्राथमिकता भएको बताए । टर्बुलेन्सबाट प्रभावितहरूलाई सबै सम्भावित सहयोग गरिरहेको र घटनाको अनुसन्धानमा सम्बन्धित अधिकारीहरूलाई पूर्ण सहयोग प्रदान गरिरहेको पनि बताइएको छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend