images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • हाजिरी गर्न नदिएको विरोधमा स्वास्थ्य विभागका...

हाजिरी गर्न नदिएको विरोधमा स्वास्थ्य विभागका कर्मचारीको आन्दोलन

हाजिरी गर्न नदिएको विरोधमा स्वास्थ्य विभागका कर्मचारीको आन्दोलन

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं । स्वास्थ्य सेवा विभागका करार तथा ज्यालादारी कर्मचारीहरूले विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनको कार्यकक्ष घेराउ गरेका छन्।स्वास्थ्य सेवा विभागअन्तर्गतका विभिन्न महाशाखामा लामो समयदेखि कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले आफूहरूलाई हाजिरी गर्न नदिइएको भन्दै मंगलबार निमित्त महानिर्देशकको कार्यकक्ष घेराउ गरेका हुन्।

    images
    images

    उनीहरूका अनुसार भ्याक्सिन व्यवस्थापन, मेडिकल उपकरण ढुवानी, महामारी नियन्त्रण तथा पोषण सेवाजस्ता संवेदनशील र अत्यावश्यक क्षेत्रमा आफूहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। मुलुकको विषम राजनीतिक परिस्थिति तथा महामारीका बेला पनि इमानदारीपूर्वक जिम्मेवारी पूरा गरेको स्मरण गराउँदै उनीहरूले हालको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।पीडित कर्मचारी घनश्याम घड्काका अनुसार कुनै पूर्वजानकारीबिनै यही साउन १५ गतेदेखि कार्यालयहरूले करार तथा ज्यालादारी कर्मचारीलाई हाजिरी गर्न रोक लगाएपछि उनीहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन्।एक्कासि हाजिरी गर्न नपाउँदा आफूहरू र आफ्ना परिवारमा गम्भीर मानसिक तथा आर्थिक असर परेको भन्दै कर्मचारीहरूले चिन्ता व्यक्त गरेका छन्। लामो समयदेखि यही सेवाबाट जीविकोपार्जन गर्दै आएका कर्मचारीमाथि अन्याय भएको उनीहरूको भनाइ छ।उनीहरूले समस्याको तत्काल समाधान गर्दै करार तथा ज्यालादारी कर्मचारीहरूको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend