images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • इन्फान्टिनोलाई समर्थन फिर्ता गर्ने पहिलो राष्ट्र...

इन्फान्टिनोलाई समर्थन फिर्ता गर्ने पहिलो राष्ट्र बन्यो वेल्स

इन्फान्टिनोलाई समर्थन फिर्ता गर्ने पहिलो राष्ट्र बन्यो वेल्स

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • एजेन्सी । आगामी वर्ष हुने फिफाको निर्वाचनअघि जियानी इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिने वेल्स फुटबल संघ पहिलो बनेको छ ।‘स्काई न्यूज’का अनुसार, गत हप्ता विश्वकपको निजी लगानीसम्बन्धी विवादित प्रयासपछि वेल्सले आधिकारिक रूपमा विश्व फुटबलको नियामक निकाय (फिफा) लाई पत्र लेखेको छ ।

    images
    images

    संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुशासन, प्रक्रिया, नेतृत्व, मूल्यमान्यता, सरोकारवाला व्यवस्थापन, सञ्चार र सही निर्णय क्षमतामा देखिएका हालैका असफलताहरूले हामीलाई यस्तो अवस्थामा पुर्‍याएको छ जहाँ इन्फान्टिनोले विश्व फुटबलको नेतृत्वमा रहनका लागि वेल्स फुटबल संघको विश्वास गुमाउनुभएको छ ।’विज्ञप्तिमा थपिएको छ, ‘फुटबलको सर्वोत्तम हितलाई प्राथमिकतामा राख्न नसक्नु एउटा यस्तो असफलता हो जुन हामी स्वीकार गर्न सक्दैनौं ।’विश्वकपको केही हिस्सा बाह्य लगानीकर्ताहरूलाई बेच्ने अत्यन्तै अलोकप्रिय योजनाबाट इन्फान्टिनो लज्जास्पद रूपमा पछि हट्न बाध्य भएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend