images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • अस्ट्रेलियामा एच५ बर्ड फ्लुबाट ठुलो संख्यामा...

अस्ट्रेलियामा एच५ बर्ड फ्लुबाट ठुलो संख्यामा समुद्री चराको मृत्यु

अस्ट्रेलियामा एच५ बर्ड फ्लुबाट ठुलो संख्यामा समुद्री चराको मृत्यु

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • मेलबर्न । अस्ट्रेलियामा एच५ बर्ड फ्लुका कारण देशमै पहिलोपटक ठूलो संख्यामा स्थानीय समुद्री चराको मृत्यु भएको संघीय सरकारले जनाएको छ। दक्षिण अस्ट्रेलिया राज्यमा समुद्री चराको ठूलो समूहमा यस्तो घटना देखिएको हो।कृषिमन्त्री जुली कोलिन्सका अनुसार दक्षिण अस्ट्रेलियाको केप जाफा सहरनजिक बिरामी तथा मृत अवस्थामा भेटिएका चरामा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले गरेको प्रयोगशाला परीक्षणबाट एच५ बर्ड फ्लु भाइरस पुष्टि भएको हो।

    images
    images

    क्यानबेरामा पत्रकारहरूसँग कुरा गर्दै कोलिन्सले भनिन्, 'यो सामूहिक मृत्युको पुष्टि भएको पहिलो घटना हो र यो निश्चित रूपमा निकै चिन्ताजनक विकास हो।'उनले अस्ट्रेलियाली नागरिकहरूले अब वन्यजन्तुमा भाइरसको थप फैलावट र प्रभावित हुने चराको संख्या अझ बढ्ने अपेक्षा गर्नुपर्ने बताइन्।अस्ट्रेलियामा एच५ बर्ड फ्लु पहिलोपटक जुनमा देखिएयता हालसम्म यस घातक भाइरसका ७४ वटा संक्रमणका घटना पुष्टि भइसकेका छन्।सरकारले विशेषगरी वन्यजन्तुमा भाइरसको फैलावटलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend