images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • क्यापिटल वनले बन्द गर्‍यो ट्रम्प अर्गनाइजेशनको...

क्यापिटल वनले बन्द गर्‍यो ट्रम्प अर्गनाइजेशनको बैंक खाता

क्यापिटल वनले बन्द गर्‍यो ट्रम्प अर्गनाइजेशनको बैंक खाता

images
images
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • सान फ्रान्सिस्को । अमेरिकी बैंक क्यापिटल वन फाइनान्सियलले राष्ट्रपति डोनाल्ड ट्रम्पको पारिवारिक व्यवसाय ट्रम्प अर्गनाइजेशनसँग सम्बन्धित ३०० भन्दा बढी बैंक खाताहरू बन्द गरेका छ । खाता बन्द गर्नुको कारण राजनीतिक नभई अवैध धन शुद्धीकरणसम्बन्धी जोखिमको समीक्षा भएको बैंकको भनाइ छ । बैंकले अदालतमा दायर गरेको दस्तावेजमा खाताहरू बन्द गर्ने निर्णय आफ्नो एन्टी–मनी लान्ड्रिङ टोलीले महिनौँसम्म गरेको विस्तृत अध्ययन र बैंकको आन्तरिक नीति तथा नियामक निर्देशिकाअनुसार गरिएको दाबी गरेको छ । 

    images
    images

    बैंकले औपचारिक रूपमा ट्रम्प अर्गनाइजेशनका खाताहरू बन्द गर्नुको कारण मनी लान्ड्रिङ सम्बन्धी समीक्षा भएको उल्लेख गरेको छ ।यद्यपि, क्यापिटल वनले अर्गनाइजेशनले अवैध मनी लान्ड्रिङ गरेको आरोप भने लगाएको छैन । ट्रम्प अर्गनाइजेशन र ट्रम्पका छोरा एरिक ट्रम्पले सन् २०२५ को मार्चमा फ्लोरिडाको संघीय अदालतमा मुद्दा दायर गर्दै बैंकले आफ्नो राजनीतिक विचारका कारण खाताहरू बन्द गरेको आरोप लगाएका थिए । उनीहरूले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद भवन (क्यापिटल)मा भएको दंगापछि सिर्जिएको राजनीतिक वातावरणको प्रभावमा बैंकले यस्तो निर्णय गरेको दाबी गरेका थिए ।

    क्यापिटल वनले ट्रम्प अर्गनाइजेशनका आरोपहरूलाई भ्रामक र आंशिक प्रमाणमा आधारित भन्दै खारेज गर्न आग्रह गरेको छ । बैंकका अनुसार खातामा देखिएका केही कारोबारहरू अमेरिकी बैंकिङ नियामकहरूले विशेष निगरानी गर्नुपर्ने प्रकारका गतिविधिसँग मेल खाने भएकाले विस्तृत समीक्षा गरिएको थियो ।मियामीको संघीय अदालतले यसअघि ट्रम्प पक्षका दुईवटा उजुरी खारेज गरिसकेको भए पनि संशोधित उजुरी पेश गर्ने अवसर दिएको थियो । बैंकले पछिल्लो संशोधित उजुरीमा पनि पहिलेकै कमजोरी रहेको दाबी गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend