images

२०८३ आश्विन १६ गते

images
images
images

एक वर्षमा वायुसेवा निगमले उडायो ४९ हजार यात्रु

एक वर्षमा वायुसेवा निगमले उडायो ४९ हजार यात्रु

images
images
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गत आर्थिक वर्षमा झन्डै ५० हजार यात्रुलाई सेवा दिएको छ । निगमकी प्रवक्ता तथा कर्पोरेट विभाग निर्देशक अर्चना खड्काका अनुसार गत आर्थिक वर्षभरिमा निगमले २९४ उडानमार्फत ४९ हजार ४ सय ६० यात्रुलाई गन्तव्यमा पुर्‍याएको छ। पछिल्लो एक वर्षमा टिकट बिक्री गरेर १७ अर्ब ३३ करोड १५ लाख रुपैयाँको व्यापार गरेको जनाएको छ । अघिल्लो वर्षको तुलनामा जहाजको सिट उपयोगिता (अकुपेन्सी) दर पनि ७५ प्रतिशतबाट बढेर ८५.४ प्रतिशत पुगेको निगमले जनाएको छ । आम्दानीतर्फ पनि निगमले छोटो समयमै छलाङ मारेको छ। अघिल्लो वर्षको असार महिनामा १ अर्ब ५७ लाख रुपैयाँ आम्दानी गरेको निगमले यस वर्षको असारमा करिब ३२ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ३३ करोड ५२ लाख रुपैयाँ पुर्‍याएको जनाएको छ । 

    images
    images

    निगममा पछिल्लो सञ्चालक समिति र कार्यकारी अध्यक्ष आएपछि ठुलो सुधार भएको निगमको दाबी छ । गत जेठ ५ गते निगममा ५ जना र मन्त्रालयका २ प्रतिनिधि गरी ७ सदस्यीय नयाँ सञ्चालकहरू नियुक्त भएका थिए । त्यसलगत्तै मन्त्रिपरिषद्को असार ३० गतेको बैठकले हवाई उड्डयन क्षेत्रका अनुभवी विज्ञ महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत अधिकारसहित कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको थियो।

    ३ वर्षमा ऋणमुक्त बनाउने लक्ष्य

    images
    images

    अध्यक्ष श्रेष्ठले आगामी तीन वर्षभित्र निगमलाई पूर्ण रूपमा ऋणमुक्त बनाउने र आफ्नै आम्दानीमा चल्न सक्ने आत्मनिर्भर संस्था बनाउने लक्ष्य लिएको बताएका छन् । उपलब्ध स्रोत–साधनको अधिकतम परिचालन गर्दै खर्च कटौती र आम्दानी बढाउने रणनीति उनले कार्यान्वयनमा ल्याएको उनको भनाइ छ । ‘निगमको सेवा युरोपसम्म विस्तार गर्दै संस्थालाई चुस्त, मितव्ययी, पारदर्शी र व्यावसायिक बनाउने मेरो लक्ष्य छ,’ श्रेष्ठले भने–  ‘चुनौतीपूर्ण भए पनि आफ्नो अनुभव र अन्तर्राष्ट्रिय सम्बन्धको उपयोग गर्दै निगमलाई आत्मनिर्भर र विश्वसनीय राष्ट्रिय ध्वजावाहकका रूपमा स्थापित गर्न म प्रतिबद्ध छु।’व्यवसाय विस्तारकै क्रममा निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु हुन लागेको फ्लाई दुबईको नियमित उडानका लागि आवश्यक ग्राउन्ड ह्यान्डलिङको सम्पूर्ण तयारीसमेत पूरा गरिसकेको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend